युद्ध रोक्ने सम्झौतालगत्तै इरानी फुटबल टोली अमेरिका पुग्यो « Khabarhub

युद्ध रोक्ने सम्झौतालगत्तै इरानी फुटबल टोली अमेरिका पुग्यो


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्न अमेरिका पुगेको छ। अमेरिका र इरानले शान्ति सम्झौताको घोषणा गरिरहँदा टोली लस एन्जलस पुगेको हो।

मेक्सिकोलाई आफ्नो तालिम केन्द्र बनाइरहेको इरानले मंगलबार न्युजिल्यान्डविरुद्ध पहिलो खेल खेल्ने तालिका छ।

इरानी स्ट्राइकर मेहदी तारेमीले दुई देशबीचको तनावले टोलीको तयारी प्रभावित भएको बताएका छन्।

भिसासम्बन्धी समस्याका कारण इरानी टोलीले विश्वकपका लागि आफ्नो आधार शिविर अमेरिका नभई मेक्सिकोमा राख्नुपरेको थियो।

लस एन्जलसमा इरानी मूलका केही समूहहरूले विरोध प्रदर्शनको तयारी गरिरहेका छन् । तर खेलाडीहरूले आफ्नो उद्देश्य राजनीतिक नभई फुटबलमार्फत इरानीहरूलाई एकताबद्ध गर्नु रहेको बताएका छन्।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : २९ बजे

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

गुल्मीमा ३८ जातका कफीको परीक्षण

गुल्मी– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण

चिलिमेमा उद्धारको आशा जाग्यो, विद्युत् गृह पुग्न १०० मिटर मात्रै बाँकी

काठमाडौं- गत भदौ १० गतेको बाढीले क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत्