मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने « Khabarhub

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान दिने भएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।

‘मधेश प्रदेशलाई दूध, माछा मासु र तरकारीमा आत्मनिर्भर बनाउन परम्परागत अनुदान प्रणालीलाई खारेज गरी उत्पादन र नतिजामा आधारित नगद अनुदान प्रणाली यसै आर्थिक वर्षबाट पूर्ण रूपमा लागू गरिने छ’, उनले भने ।

कृषकले उत्पादन गरी वस्तु बजारमा पठाएको आधारमा सिधै किसानको खातामा अनुदान उपलब्ध गराउने उनले बताए । साथै, उनले कृषि क्षेत्रमा बिचौलिया अन्त्यका लागि मधेश कृषि एक्सचेञ्ज निर्माण गरिने पनि बताए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  २ : ४१ बजे

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी

सार्वजनिक मर्यादाविपरीत क्रियाकलाप गर्ने पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक

शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिन प्रचण्डको आग्रह

नारायणगढ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता

कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख

चितवन– सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई