यस्तो छ मधेश प्रदेशको बजेट (पूर्णपाठ) « Khabarhub

यस्तो छ मधेश प्रदेशको बजेट (पूर्णपाठ)


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले सो बजेट प्रस्तुत गरेका हुन् ।

भट्टराईले कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात् ३५.५४ प्रतिशत र पुँजीगत तर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार अर्थात् ६४.३६ प्रतिशत रहेको बताए । 

प्रदेशको आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट ११ अर्ब २२ करोड ७५ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १२ अर्ब ८३ करोड, संघीय सरकारबाट वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख र चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रहेको उनले बताए । उनले नपुग हुने १ अर्ब ५० करोड आन्तरिक ऋणबाट पूर्ति गर्ने पनि बताए ।

साथै, मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट समानीकरण, समपूरक र विशेष अनुदानमार्फत १७ अर्ब ५९ करोड ८७ लाख प्राप्त हुने अनुमान रहेको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ३ : २४ बजे

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग