जापानको कमब्याक, डच टोलीको ‘लक’ « Khabarhub

विश्वकप फुटबल

जापानको कमब्याक, डच टोलीको ‘लक’


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग गयराति एसियाको पावर हाउस मानिने जापानले बराबरी खेलेको छ । अन्तिम समयमा जापानले कमब्याक गर्दा विश्वकपको आ-आफ्नो पहिलो खेलमा २-२ को बराबरी भएको हो ।

विश्वकप उपधि दाबेदारमध्ये एकका रुपमा हेरिएको डच टोलीलाई समूह चरणको पहिलो खेलमा जपानले कडा चुनौती दियो ।जापानले खेलको नजिता आफ्नो पक्षमा नपारे पनि पहिलो खेलमै हेभिवेट टिमसँग बराबरी खेलेर आफूले जुनसुकै टोलीलाई टक्कर दिन सक्ने मानक बनायो ।

खेलको तथ्यांक हेर्दा नेदरल्यान्ड जापानभन्दा बलियो नै देखियो । खेलअवधिको ६० प्रतिशत समय नेदरल्यान्डको कब्जामा बल थियो । पास पनि नेदरल्यान्डकै बढी देखिन्छ । खेलमा नेदरल्यान्डले ५१६ पास खेल्दा जपानले ३४२ वटा मात्रै खेल्यो, यसले डच टोली जापानमाथि हाबी भएको देखाउँछ ।

नेदरल्यान्डले खेलभर ११ सट प्रहार गर्‍यो भने जापानले ८ मात्रै । डच टोली सट अन टार्गेटमा पनि अगाडि रह्यो । उसले सात ७ प्रहार गर्दा जपान ३ को अवस्थामा खुम्चियो । यसबाट डच टोलीले गोलको अवसर धेरै निकालेको मान्न सकिन्छ । तर उसले नतिजा आफ्नो पक्षमा पार्न सकेन ।

खेलभर डच टोलीले ७ फल गरेर ३ एल्लो कार्ड पायो । जापानले पनि ७ फल गर्‍यो तर कार्ड खानु परेन । यसअर्थमा डच टोलीका लागि जापान कमजोर थिएन भन्ने कोणबाट पनि टिप्पणी गर्न सकिन्छ ।

जापाानका प्रशिक्षक हाजिमे मोरियासुले नजितका सन्तोषजनक नभए पनि खेलाडीहरूको प्रदर्शनमा चित्त बुझाए ।

उनले भने, ‘हामीले हाम्रो सामूहिक प्रयासबाट नतिजा प्राप्त गर्न सफल भयौं । हामीले धैर्यपूर्वक बचाव गर्यौं, त्यसभन्दा अगाडि बढ्दै अझ आक्रामक हुने प्रयास गर्यौं । खेलाडीहरूले हाम्रो योजनालाई कार्यान्वयन गरे ।’

जापानको कम ब्याक

खेल अवधिभर नै बल डच टोलीको नियन्त्रणमा थियो । तर, दुवै टोलीले पहिलो हापमा गोल गर्न सकेनन् ।

५१ मिनेटमा नेदरल्यान्डका भर्जिल भान डाइकले गोल गर्दै अग्रता दिलाए ।

यो अग्रता लामो समय टिकेन । जापनाका केटो नाकमुराले ६ मिनेटपछि गोल फर्काएर बराबरीको अवस्थामा ल्याए ।
डच टोलीलाई ६४ औँ मिनेटमा क्राइसेन्सियो समरभिलले फेरि अग्रता दिलाए ।

त्यसपछि थप दबाबमा परेको जापानी टोलीलले डिफेन्स र एट्याकिङमा सन्तुलन राख्यो । अझ भन्नु पर्दा एट्याकिङमा बढी केन्द्रित रह्यो ।

अन्तिम समय अर्थात् खेलको ८९ औँ मिनेटमा दाइची कामदाले गोल गरेपछि खेल बराबरीमा सकियो ।

डच टोलीलाई जापनासँगको खेलमा भाग्यले पनि साथ दियो । बल पोलमा ठोक्किएर पनि जाली चुम्न पुग्दा गोल भयो ।

डच टोलीका रायन ग्रेभेनबर्चको लामो पासलाई भर्जिल भान डाइकले हेडिङ गर्दा बल पोलमा लागेर पोस्ट भित्र छिरेको थियो ।

जापनका नाकामुराले भने खेल कैशल देखाएर गोल गर्दै टिमलाई बराबरीमा लगेका थिए । उनले चार डिफेन्डरको ग्याप भर्दै बललाई जाली चुमाए ।

डच टोलीको दोस्रो गोल पनि पोलमा ठोक्किएर भयो । तथापि क्राइसेन्सियाले बल प्रहार गर्दा चार डिफेन्डरको घेरा तोडेका थिए । उनको स्क्रिलसँगै भाग्यले पनि साथ दियो ।

कर्नरबाट बललाई जपानका कोकी ओगवाको हेडिङ दाइची कामदाको ठोक्किएर छिर्दा जपानले खेल बराबरी गर्‍यो ।

समग्रमा जापानमाथि हाबी भएको डच टोलीको गोल स्किलमात्रै निर्भर रहेन । दुई गोलै पोलमा ठोक्किएर पोस्टमा पस्नुलाई भाग्य मान्न सकिन्छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ४ : ४९ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता