पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल « Khabarhub

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै पनि मत-मतान्तर नरहेको दाबी गरेका छन् ।

सोमबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरिएको र हाल उक्त कार्यदलले सुझाव संकलन गरिरहेको बताए। उनका अनुसार सुझावका आधारमा पार्टीलाई पुनर्गठन गर्ने प्रक्रिया अघि बढाइनेछ ।

पोखरेलले पार्टीलाई एकताबद्ध बनाउन शुद्धिकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेको भन्दै यी तीनै कामलाई समेटेर पुनर्गठनको कार्ययोजना अघि बढाइने धारणा राखे।

उनले पुनर्गठनको निर्णय संस्थागत रूपमा भइसकेको उल्लेख गर्दै कार्यदलले अझै निष्कर्ष ननिकालेकाले एमालेभित्र विवाद छ भन्ने कुरा गलत व्याख्या भएको बताए। कार्यदलको निष्कर्षपछि पार्टी थप एकताबद्ध, सुदृढ र जनतासँगको सम्बन्ध मजबुत हुने उनको भनाइ थियो ।

त्यस्तै, उनले सरकारलाई ‘अविच्छिन्न उत्तराधिकार संस्था’ मान्ने मान्यताको विपरीत पुराना सरकारका कामबाट अलग हुने गरी नयाँ यात्रा सुरु गर्ने धारणा संसदीय प्रणालीभन्दा बाहिर जाने गतिविधि भएको तर्क गरे।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने विषयमा कुनै असहमति नभएको तर त्यसलाई कमजोर बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ३ : ५० बजे

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका