हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने « Khabarhub

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको छ ।

बैठकमा कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी थिए भने भारततर्फ सम्बन्धित जिल्लाधीश भारतीय प्रहरी तथा सीमा सुरक्षा बलका अधिकारी सहभागी थिए ।

बैठकको सहअध्यक्षता गरेका कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीका अनुसार नेपाल–भारत सीमा व्यवस्थापनका लागि भइरहेका कामकारबाही, सीमा स्तम्भको अवस्था, मर्मत–सम्भार तथा पुनःनिर्माणलगायत विषयमा छलफल भएको थियो ।

पारस्परिक सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समझदारी भएको जानकारी दिँदै प्रजिअ रेग्मीले भने, ‘सीमा स्तम्भको मर्मत–सम्भार, हराएका स्तम्भको खोजी गरी पुनःनिर्माण तथा आवश्यक मर्मतलाई अघि बढाइनेछ ।’

बैठकमा हराएका सीमा स्तम्भको पुनःनिर्माण सम्बन्धी प्राविधिक टोलीको प्रगतिबारे पनि जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ८ : ५६ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको