थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ « Khabarhub

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि मेमोग्राफी मेसिन खरिद प्रक्रियामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पाँच जना प्रतिवादीलाई दोषी ठहर गरेको छ ।

अदालतका न्यायधीश नारायण प्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सुनाएको फैसलाअनुसार स्वास्थ्य सेवा विभागमा मेसिन खरिद प्रक्रियामा ढिलाइ भएको अवस्थामा पूर्व निर्धारित क्षतिपूर्ति नलगाई गैरकानुनी लाभ पुर्‍याउने उद्देश्यले गलत प्रतिवेदन र झुठा बिल–भरपाई तयार गरी रकम भुक्तानी गरिएको ठहर गरिएको छ ।

अदालतले प्रतिवादीहरू श्रवण कुमार थापा, सुरेन्द्र प्रसाद चौरासिया, आशिष चौहान, पद्मा मिश्र र संजय कुमार साहलाई दोषी ठहर गर्दै जनही ४ महिना कैद तथा जरिवाना र बिगो असुल गर्ने आदेश दिएको छ । ढिलो आपूर्तिबाट भएको क्षतिपूर्ति रकमलाई आधार मानी जनही ५ लाख ४७ हजार ८१७ रुपैयाँ जरिवाना तोकिएको छ ।

यता, तत्कालीन स्वास्थ्य सेवा विभागकी महानिर्देशक संगिता कौशल मिश्रासहित अन्य उच्च अधिकारीहरू, विवेक कुमार लाल, भुवन प्रसाद काफ्ले, दिपक अधिकारी, यादव प्रसाद सापकोटा, शम्भू प्रसाद ढकाल, सिता घिमिरे र तिलकराम ढकाललाई भने सफाइ दिएको छ ।

अदालतले उनीहरू केवल प्राविधिक कागजातका आधारमा प्रक्रिया अघि बढाउने र भुक्तानी स्वीकृत गर्ने भूमिकामा मात्र संलग्न देखिएको उल्लेख गर्दै दोष प्रमाणित हुन नसकेको ठहर गरेको हो ।

त्यस्तै, म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लि. र सो कम्पनीका सञ्चालक सुन्दर भुषाललाई पनि मतियार (सहयोगी)को रूपमा दोषी ठहर गर्दै समान किसिमको कैद र जरिवाना तोकिएको छ ।

अदालतले प्रतिवादीहरूबाट जनही बिगो असुल गरी राजस्वमा दाखिला गर्न आदेश दिएको छ भने अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार जनही २१ हजार ९१२ रुपैयाँ क्षतिपूर्ति पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १० : ०५ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत