बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता « Khabarhub

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दै नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी गरेका हुन् ।

छलफलमा सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका विषय समेटिएको बताइएको छ ।

भेटका क्रममा दुवै पक्षले जनस्तरका सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान गरेका थिए । नेपाल र चीनबीच पछिल्ला वर्षहरूमा राजनीतिक, आर्थिक तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार भइरहेका बेला उच्चस्तरीय भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ ।

परराष्ट्रमन्त्रीले भेटपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा चीनका विदेशमन्त्री वाङ यीसँगको भेटलाई फलदायी र व्यापक छलफलका रूपमा उल्लेख गरेका छन् ।

उनले दुई देशबीचका साझा हितका क्षेत्रमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर कुराकानी भएको बताएका छन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १० : ४० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का