बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता « Khabarhub

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दै नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी गरेका हुन् ।

छलफलमा सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका विषय समेटिएको बताइएको छ ।

भेटका क्रममा दुवै पक्षले जनस्तरका सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान गरेका थिए । नेपाल र चीनबीच पछिल्ला वर्षहरूमा राजनीतिक, आर्थिक तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार भइरहेका बेला उच्चस्तरीय भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ ।

परराष्ट्रमन्त्रीले भेटपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा चीनका विदेशमन्त्री वाङ यीसँगको भेटलाई फलदायी र व्यापक छलफलका रूपमा उल्लेख गरेका छन् ।

उनले दुई देशबीचका साझा हितका क्षेत्रमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर कुराकानी भएको बताएका छन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १० : ४० बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट