स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी « Khabarhub

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो हाफ बराबरीमा सकिएको छ ।

अमेरिकाको एटलान्टास्थित प्रतिष्ठित एटलान्टा रंगशालामा भइरहेको खेलमा दुवै टोलीले आक्रामक सुरुवात गरे पनि पहिलो ४५ मिनेटमा गोलको खाता खोल्न सकेनन् ।

सन् २०१० को विश्व च्याम्पियन स्पेनले बलमा स्पष्ट पकड जमाउँदै केप भर्डे माथि निरन्तर दबाब सिर्जना गरिरहेको छ । पोजेसन र पासिङमा स्पेन हाबी देखिए पनि फिनिसिङ भने कमजोर बनेको छ ।

यता पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले रक्षात्मक रणनीति अपनाउँदै स्पेनको आक्रमण रोक्न सफल भएको छ। विशेषगरी केप भर्डेका गोलकिपर भोजिन्हाले उत्कृष्ट सेभ गर्दै आफ्नो टोलीलाई खेलमा जीवित राखिरहेका छन्।

पहिलो हाफमा स्पेनको दबाब उच्च रहे पनि केप भर्डेको संगठित डिफेन्सका कारण खेल अझै रोमाञ्चक अवस्थामा पुगेको छ। दोस्रो हाफमा दुवै टोलीले नतिजा निकाल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ११ : ०२ बजे

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।