आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६ जुलाई १५ तारिख। असार शुक्ल प्रतिपदा तिथि । विश्व युवा दक्षता दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन शुभ छ । डुब्न लागेको धन प्राप्त हुनेछ । आफन्त र साथीले सहयोग गर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी शान्त रहेकाले सोचेको काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । छोटो दूरीको सुखद् यात्रा गर्ने अवसर मिल्नेछ ।

वृष : शुभ दिन छ । आज तपाईंले शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ । व्यापार व्यवसायमा सहकार्य गरेर अघि बढे लाभ मिल्नेछ । शत्रुबाट पनि प्रसंसा हुने दिन छ । धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । आज मानसम्मान प्राप्त हुनेछ । परिवारभित्रबाट विरोधको आवाज उठ्नेछ । सम्पत्तिको पछि लागेर स्वास्थ्यको ख्याल नगर्दा समस्या आउनसक्छ । धार्मिक क्षेत्रमा मन जानेछ । धार्मिक कार्यमा सहभागी भएर दिनकाे सुरुवात गर्नु उचित हुन्छ ।

कर्कट : दिन राम्रो रहेको छ । राजनीतिमा भने सचेत हुनुपर्ने छ । शिक्षामा सुधार हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् । गोपनीयता कायम गर्नुपर्ने देखिन्छ । व्यापारमा थोरै लगानीबाट फाइदा हुनेछ । अनुत्पादन क्षेत्रमा गरेको लगानी कटौती गर्नु राम्रो हुनेछ ।

सिंह : दिन राम्रो रहेको छ । शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ । श्रमको फल प्राप्त हुनेछ । दाजुभाइसँग सहकार्य गरेर गरेको कामबाट फाइदा मिल्नेछ । प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ ।

कन्या : सहकार्य गरेर अगाडि बढ्नु उचित हुन्छ । सम्पत्तिको जोहो गर्नुहोला । पारिवारिक भेटघाट हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यले साथ दिँदा मन प्रफुुल्ल हुनेछ । सामाजिक काममा आज मानसम्मान प्राप्त हुनेछ ।

तुला : आज तपाईंको दिन ‍‍‍‍ राम्रो छ । आम्दानी बढ्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । समाजमा मानसम्मान बढ्ने दिन छ । मित्र बढ्नेछन् । शत्रुको पनि सहयोग मिल्नेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।

वृश्चिक : दिन सामान्य राम्रो छ । आयआर्जन बढ्नेछ । आफन्तबाट धोका मिल्नेछ । परिवारमा झगडा हुने भएकाले थोरै बोल्नु राम्रो हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा समस्या आउने भएकाले सावधानी अपनाउनुपर्नेछ ।

धनु : दिन ‍‍‍‍ राम्रो छ । आज आम्दानी बढ्नेछ । स्वास्थ्यमा समस्यामा सुधार हुने देखिन्छ । काममा सफलता मिल्नेछ । शत्रु बढ्ने भएकाले सचेत भएर अघि बढ्नुपर्ने देखिन्छ । काममा भने मिहिनेतकाे खाँचाे देखिन्छ ।

मकर : दिन सामान्य छ । आफन्तसँग जोगिएर काम गर्नु उचित हुन्छ । बोल्दा ख्याल गर्नुपर्ने दिन छ । व्यापार व्यवसायमा गरेको तपाईंको लगानीको फल अरुले लिनसक्ने भएकाले ख्याल गर्नुपर्नेछ । धार्मिक क्षेत्रमा मन जानेछ । राज्यको तर्फबाट तपाईंलाई सेवाका अवसर मिल्ने योग छ ।

कुम्भ : दिन ‍‍‍‍ राम्रो छ । धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ । बिहान उठेर शिवभजन सुन्नुहोला। व्यापार व्यवसायमा आशिक फाइदा हुनेछ । साना कुरामा पनि रिस उठ्ने भएकाले संयमित भएर अघि बढ्नसपर्नेछ । परिवारको साथ भने मिल्नेछ ।

मीन : आजको दिन ‍‍‍‍ राम्रो छ । स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ । आम्दानी बढ्ने दिन हो । मनमा भएका कुरा अरुसँग साट्नु उचित हुनेछ । हरेक काममा पारिवारको सहयोग प्राप्त हुनेछ । अध्ययनमा रुची बढ्नेछ । मिहिनेतको फल मिल्नेछ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : ११ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर