मेसीका लागि किन खास छ अर्जेन्टिनी टोली ? « Khabarhub

मेसीका लागि किन खास छ अर्जेन्टिनी टोली ?


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबल २०२६ सकिनका लागि अब तीन खेल मात्र बाँकी छन् । तेस्रो स्थानका लागि हुने खेलमा भन्दा अब इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको चर्चा धेरै छ । जहाँ सबैभन्दा धेरै चर्चामा छन् लियोनल मेसी । जो अर्जेन्टिनाका कप्तान हुन् । ३९ वर्षा पुगेका मेसीमाथि टिमले पूरा भरोसा गरेको देखिन्छ। जुन भरोसा अन्य टिममा कुनै पनि सिनियर खेलाडीमाथि देखिएको छैन । किन मेसीलाई अर्जेन्टिनाको टिमले भरोसा गरेको छ भनेर यो समयमा चर्चा गर्नु आवश्यक हुन्छ ।

विश्वकपको क्वाटरफाइनलमा पुग्नका लागि अर्जेन्टिना २–० ले पछि परेको स्थिति उल्टाएर अगाडि बढेपछि एउटा यस्तो क्षण आयो, जहाँ लियोनल मेसीले आफ्ना आँसु रोक्नै सकेनन् ।

त्यो आँसुमा उत्सवको रङ त थियो नै, सँगै अझ बढी एउटा भावनात्मक उतारचढाव पनि लुकेको थियो । यो प्रतियोगितामा उनी रोएको यो पहिलो पटक भने थिएन । पहिलो खेल लगत्तै बुबाको स्वास्थ्यमा केही जटिलता आएको सुनेपछि उनी यसअघि नै एक पटक रोइसकेका थिए ।

सेमिफाइनलमा पुगेपछि मेसीको खुशी ।

यसपालि भने उनका आँसु राहतका थिए । इजिप्टविरुद्ध पराजयबाट जोगिएको खुसी मात्र होइन, बरु पेनाल्टी मिस गरेर आफ्ना सहयात्रीलाई निराश पार्नबाट जोगिएकोमा उनले राहत महसुस गरेका थिए । किनकि, त्यो पेनाल्टी मिसका कारण केही समयका लागि अर्जेन्टिनाको विश्वकप यात्रा नै संकटमा परेको जस्तो देखिएको थियो ।

अहिले मेसीका लागि भावना एकअर्कामा जेलिएर आउँछन्– राहत, दबाब, परिवार, दर्शक र उनलाई अथाह माया गर्ने सहयात्री जो उनी फेरि एक पटक जितेको हेर्न चाहन्छन् । यो उनको अन्तिम विश्वकप हुन सक्छ । अथवा, कसलाई के थाहा र !

तर, यो सबै उथलपुथलका बीच ती व्यक्तिका लागि एउटा ठूलो खुसी पनि लुकेको छ, जसले अन्ततः आफ्नो अनुकूलता अनुसारको एउटा उत्कृष्ट फुटबल टोली फेला पारेका छन् । जहाँ ‘सबै एकका लागि र एक सबैका लागि’ भन्ने भावना जीवन्त छ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले स्विट्जरल्यान्डविरुद्धको क्वाटरफाइनलअघि यसलाई निकै सुन्दर ढंगले व्यक्त गरेका थिए ।

“मेरा लागि अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट क्षण भनेको समूहको उत्सव नै हो । म यसैका लागि कोचिङ गर्छु, मलाई ४–३–३ को रणनीति मन परेर मात्र होइन,” उनले भनेका थिए, “मलाई मेरा साथी र खेलाडीहरूसँग चिया पिउनु, सेकुवा खानु र तास खेल्न मन पर्छ ।”

यो भनाइ मेसीकै जस्तो लाग्थ्यो । मेसी यस्तै क्षणका लागि आफ्नो खेल जीवनलाई लम्ब्याइरहेका छन् । यसो गर्दा उनी फेरि एक पटक रोजारियो छोड्ने बेलाका ती तन्नेरी जस्तै बनेका छन्– पूर्ण रूपमा अर्जेन्टिनी, आफ्ना साथी र चियाले घेरिएका । उनले स्कालोनीको नेतृत्वमा आफू जस्तै सोच्ने मानिससँगै प्रतिस्पर्धा गर्नुको आनन्द पुनर्जीवित गरेका छन् ।

यसमा कुनै शङ्का छैन, यो अर्जेन्टिनी टोली मेसीको वरिपरि नै बुनिएको छ । ३९ वर्षीय खेलाडीलाई लगातार दोस्रो पटक विश्वकप जिताउने उत्कृष्ट अवसर प्रदान गर्नका लागि नै यो टिम तयार गरिएको हो । यसका लागि अर्जेन्टिनाले बुधबार मध्यरातमा हुने सेमिफाइनलमा इंग्ल्यान्डलाई पाखा लगाउनु पर्नेछ ।

इंग्ल्यान्डलाई पाखा नलगााएसम्म अर्जेन्टिना र मेसीको लगातार विश्वकप जित्ने सपना पूरा हुने छैन । पहिलो सेमिफाइनलबाट फ्रान्सलाई हराएर स्पेन फाइनल पुगिसकेकाले दोस्रो सेमिफाइनलको विजेताले फाइनल यात्रा तय गर्नेछ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १० : ५२ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत