सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ « Khabarhub

सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले सरकार जनताका मूल मुद्दाहरूभन्दा सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएका हुन् ।

उनले अहिलेको जनताको चाहना भौतिक पूर्वाधारको विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय भएको धारणा राखे । उनले सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देशलाई विकास नभई बरबादीतर्फ लैजाने बताए ।

सांसद शाहीले प्रतिपक्षले उठाएका विषयहरूलाई आलोचना रुपमा हेरेर प्रतिरोधमा उत्रनुभन्दा सरकारले काम गरेर जबाफ दिनुपर्ने उल्लेख गरे । 

सरकारको अपरिपक्व कार्यले जनतामा सरकारप्रति अविश्वास बढ्दै गएको उनको भनाइ छ । 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  २ : ४६ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी