सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ « Khabarhub

सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले सरकार जनताका मूल मुद्दाहरूभन्दा सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएका हुन् ।

उनले अहिलेको जनताको चाहना भौतिक पूर्वाधारको विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय भएको धारणा राखे । उनले सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देशलाई विकास नभई बरबादीतर्फ लैजाने बताए ।

सांसद शाहीले प्रतिपक्षले उठाएका विषयहरूलाई आलोचना रुपमा हेरेर प्रतिरोधमा उत्रनुभन्दा सरकारले काम गरेर जबाफ दिनुपर्ने उल्लेख गरे । 

सरकारको अपरिपक्व कार्यले जनतामा सरकारप्रति अविश्वास बढ्दै गएको उनको भनाइ छ । 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  २ : ४६ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका