दयाहाङकै नायिका मिरूना ! « Khabarhub

दयाहाङकै नायिका मिरूना !


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय नेपाली सिने जगतमा यथार्थवादी फिल्म बन्ने क्रम चलिरहेको छ। जसले निश्चित नायक-नायिकाको जोडी मेकरको डिमान्डमा हतपत पर्ने गर्दैन । तर, दयाहाङ राई र मिरूना मगर अपवाद जस्ता देखिन्छन् ।

चार वर्षको सहकार्यमा यो रिल जोडीले आठवटा फिल्म दिएको छ । अर्थात्, वर्षमा दुई फिल्म ।

सन् २०२२ मा रिलिज भएको फिल्म ‘कबड्डी ४’बाट यो जोडीको सहकार्य सुरू भएको हो । ०२३ मा प्रदर्शनमा आएको फिल्म ‘जारी’ले यो जोडीको डिमान्ड बढायो ।

हुन त दयाहाङसँगको सहकार्यले नै मिरुना चम्किएकी हुन् । ‘कबड्डी ४’अघि उनले चार फिल्म गरिन् । न उनका फिल्म चले, न मिरुना नै चम्कन सकेकी थिइन् ।

दयाहाङसँगको सहकार्य उनलाई फाप्यो । दुई फिल्ममा दयाहाङको नायिका बनेपछि उनको व्यस्तता र डिमान्डको ग्राफ ह्वात्तै उकालो लाग्यो । कारण- ‘कबड्डी ४’ र ‘जारी’ बल्कबस्टर भए ।

अहिलेको अवस्थामा मिरूना सबैभन्दा बढी हिट फिल्म दिने नायिका हुन् । फेरि दयाहाङ नायक रहेको बाहेक उनको हिट भएको एकमात्रै फिल्म ‘ऊनको स्वीटर’ हो । दयाहाङकै रिल जोडी बनेर मिरूना हिट लिस्टको शीर्ष स्थानमा छिन् ।

जोडीले ७ फिल्ममा गरिसकेको छ । जसमा ‘जारी’, ‘जारी २’, ‘घर ज्वाइँ’, ‘कबड्डी ४’ हिट हुन् । तीन फिल्मले मध्यम व्यापार गरे।

दयाहाङ र मिरूनाको सहकार्य रहेको ५० प्रतिशतभन्दा बढी फल्म हिट छन् । बक्स अफिसमा ५० प्रतिशत फिल्म सफल हुने सामान्य विषय होइन ।

फेरि मिरूनाको फिल्मी करिअर सफल बनाउन दयाहाङको ठूलो स्थान छ । उनले १४ फिल्म गर्दा ८ वटामा दयाहाङसँगै सहकार्य गरेकी छन् । दयाहाङसँग फिल्म गर्न थालेपछि मिरुनाले उनी नायक नभएको दुई वटा मात्रै प्रदर्शनमा आए ।

दयाहाङसँग उनका थप दुई फिल्म आउने तय भएका छन् । ‘कबड्डी ५’को छायाङ्कन भइसक्यो । ‘रातो घेरा’को शुभ मुहूर्त भइसकेको छ ।

फिल्मका लिस्ट, हिट लिस्ट र डिमान्ड हेर्दा दयाहाङकै नायिका हुन् जस्तो देखिने- मिरूना । फेरि दर्शकले पनि त रुचाएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ४ : ५८ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका