स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो « Khabarhub

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित भएर बाहिरिएपछि प्रशिक्षक डीडियर डेसच्याम्प्सको रणनीतिप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्।

स्पेनसँग मंगलबार राति २–० ले पराजित भएपछि एमबाप्पेले फ्रान्सको खेललाई ‘अव्यवस्थित’ र ‘फितलो’ भएको टिप्पणी गर्दै टोलीको रणनीतिमा गम्भीर कमजोरी रहेको बताए।

स्पेनले मध्यपङ्क्तिमा संख्यात्मक दबाब सिर्जना गर्दा फ्रान्स त्यसको सामना गर्न असफल भएको उनले बताए। उनले विपक्षीविरुद्ध ‘म्यान-टु-म्यान प्रेसिङ’ रणनीति अपनाएको भए खेलको नतिजा फरक हुन सक्ने धारणा राखेका छन् ।

एमबाप्पेले खेलका क्रममा खेलाडीबीच पर्याप्त समन्वय र सञ्चारको अभाव रहेको पनि औंल्याएका छन्। कप्तानका रूपमा हारको जिम्मेवारी आफूले पनि लिने उनले बताए । तर पनि टोलीको रणनीतिक तयारी प्रभावकारी नभएको भन्दै उनले प्रशिक्षकमाथि रिस पोखे ।

फ्रान्स विश्वकपबाट बाहिरिएसँगै १४ वर्षदेखि राष्ट्रिय टोली सम्हाल्दै आएका डिडिएर डेसच्याम्प्सको कार्यकाल पनि अन्त्य हुने भएको छ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फ्रान्सका पूर्वमहान खेलाडी तथा पूर्व जिनेदिन जिदान नयाँ प्रशिक्षक बन्ने भएका छन्। अब जिदान फ्रान्सेली राष्ट्रिय टोलीको नयाँ प्रशिक्षक बन्ने करिब निश्चित भएको छ।

डेली मेलका अनुसार एमबाप्पे पनि जिदानलाई फ्रान्सको नयाँ प्रशिक्षक नियुक्त गरिनुपर्ने पक्षमा देखिएका छन्। यद्यपि फ्रान्स फुटबल महासंघले यसबारे औपचारिक घोषणा गरिसकेको छैन।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : ३४ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन