सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ « Khabarhub

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो स्थानमा रहेका प्रा. डा. जोशीलाई उपकुलपति र डा. चन्दलाई रजिष्ट्रारमा नियुक्त गरेको हो। सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले योग्यताक्रमसहितको प्रतिवेदन पेश गरेपछि नियुक्तिको निर्णय सार्वजनिक गरिएको थियो।

मन्त्री पोखरेलले विज्ञहरूको मूल्याङ्कनका आधारमा नियुक्ति प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भएको बताउँदै नवनियुक्त नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठन र प्रशासनिक कार्य सुरु हुने विश्वास व्यक्त गरे।

नवनियुक्त उपकुलपति जोशी चिकित्सा शिक्षा र जनस्वास्थ्यका विज्ञ हुन् भने रजिष्ट्रार चन्द स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रशासन क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका अधिकारी हुन् ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ६ : ०६ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी