सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ « Khabarhub

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो स्थानमा रहेका प्रा. डा. जोशीलाई उपकुलपति र डा. चन्दलाई रजिष्ट्रारमा नियुक्त गरेको हो। सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले योग्यताक्रमसहितको प्रतिवेदन पेश गरेपछि नियुक्तिको निर्णय सार्वजनिक गरिएको थियो।

मन्त्री पोखरेलले विज्ञहरूको मूल्याङ्कनका आधारमा नियुक्ति प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भएको बताउँदै नवनियुक्त नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठन र प्रशासनिक कार्य सुरु हुने विश्वास व्यक्त गरे।

नवनियुक्त उपकुलपति जोशी चिकित्सा शिक्षा र जनस्वास्थ्यका विज्ञ हुन् भने रजिष्ट्रार चन्द स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रशासन क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका अधिकारी हुन् ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ६ : ०६ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी