‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’ « Khabarhub

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’



मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ । नत्र मौद्रिक नीति काम नलाग्ने हुन्छ ।

बजेटले स्पिल ओभर इफेक्ट लिएर आउँछ । कतै पट्टी कन्ट्रक्सन रहेछ भने त्यहाँनेर मौद्रिक नीतिले फिल इन द ग्याप्स गरेर जानुपर्ने हुन्छ । 

कहीँ बढ्ता उत्साही भएर गएको परिस्थिति भए त्यसलाई कन्ट्रक्सनमा ल्याउन मौद्रिक नीतिले बल गर्नुपर्ने भएकाले बजेटभन्दा पछि मात्रै मौद्रिक नीति ल्याइनुपर्छ भन्ने सिद्धान्त कायम भएको हो ।

चालु आर्थिक वर्षको संशोधित अनुमानभन्दा २५ प्रतिशतले बढी आकारको बजेट आएको कुरा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नै स्वीकार्नु भएको छ । बजेटको आकार ठूलो हो भन्ने प्रश्नमा उहाँले आफूलाई २५ खर्बको बजेट ल्याउन चाप भएको जवाफ दिँदै चार खर्ब घटाएको जवाफ दिनुभएको छ ।

अब अर्थतन्त्रको हिसाब किताबले नै यो बजेट आफैँमा ठूलो हो कि सानो हो, यो त कार्यान्वयन गर्ने दिशामा चाहिँ भर पर्छ । 

विगतका अर्थमन्त्रीहरूले पनि विकास निर्माणको महत्वाकांक्षा बढेर गएका कारण परम्परागत ढंगबाट मात्रै चल्न सक्दैन, त्यसकारण वैकल्पिक वित्तको व्यवस्था गर्छौँ भन्ने गरेका थिए । अहिलेको बजेटमा यो विषय नयाँ आएको छ ।

अर्को नितान्त नयाँ भनेको यसपटक रिजर्भ चाहिँ यसरी बढेर गएको छ, अब यसको निमित्त वैकल्पिक व्यवस्था पनि गर्नुपर्छ । केन्द्रीय बैंकले वास्तवमा त्यसलाई सुरक्षित ठाउँमा लगानी गर्नुपर्छ भन्ने भएकाले विदेशी सरकारका ऋणपत्रमा लगानी गर्नुपर्छ । जुन भनेको बेलामै साँवा-ब्याजसहित भुक्तानी हुन्छ । 

तर यसपटक चाहिँ अर्थमन्त्रीजीले आँट गर्नुभएको हो कि नबुझेर हो ? त्यो रिजर्भ पनि हामी केही प्रतिशत विकास कोषमा लगाउँछौँ भन्नुभयो । जुन विषय बजेटको १५औँ दफामा उल्लेख छ । यसको प्रयोग गर्नुपर्छ भन्न थाल्यौँ भने मुलुक दुर्घटनामा पुग्न सक्ने अवस्था हुन्छ ।

विदेशी दायित्व पूरा गर्न नसकेको खण्डमा विदेशीले लगानी गरेको रकम फिर्ता लैजान्छु भनेको बेलामा नाफा, प्लस त्यसको पुँजी लान नसक्ने परिस्थिति रहे त्यतिबेला राष्ट्रको शान कमजोर रहन सक्ने सम्भावना रहन्छ । 

तर, बजेटमा अरू धेरै जसो ढर्राहरू विगतकै जस्तो छ ।

बजेटमा छ खर्बको डेफिसिट छ । चार खर्ब ऋण लिने भनिएको छ । ऋण पुरानै ऋण तिर्न हो भन्दा फरक पर्दैन । 

मुद्रास्फितिको ट्रेन्डलाई हेर्ने हो भनेदखि सरकारले ६ प्रतिशत मा सीमित राख्छौँ भन्यो तर केन्द्रीय बैंकले ५ प्रतिशतमा सीमित गर्छौँ भनेको छ । 

कर्जातर्फ हेर्दा, अब निजी क्षेत्रलाई जाने कर्जा ११ प्रतिशत विस्तार गर्ने लक्ष्य राखेको देखिन्छ । चालु आर्थिक वर्षमा १२ प्रतिशत थियो । 

सरकारले साँच्चिकै बजेटलाई कार्यान्वयन गर्ने राजस्व पनि उठाउने हो भने रियल स्टेटमा कित्ता काट गर्ने कुरामा ढिलासुस्ती भयो । एकदम राम्रोसँग ट्रान्जेक्सन हुने क्षेत्र हो । त्यस्तै, विद्युत् प्राधिकरणले गर्ने पिपीएमा पनि ढिलासुस्ती भइरहेको छ ।

अहिलेको आर्थिक शिथिलतामा करका दरहरूमा घटाएर सुविधा दिएको भनिए पनि अर्कोतर्फबाट कर थपिएका छन् । यी सबैलाई हेर्दा बजारमा थप पैसा चाहिँ जान सक्छ तर, त्यसको असर फेरि फेरी मूल्यमै पर्ने हुन्छ । 

सरकारले जाँगर चलाउन सक्नुपर्ने ठाउँहरू प्रशस्त छन् । तर, सरकारको प्राथमिकता अर्थतन्त्रभन्दा सुशासनको नाममा उद्यमी व्यवसायीलाई लक्षित गरेको छ । 

मौद्रिक नीति सरकारमा छायामा परेर खुलस्त बोल्न नसकिरहेको अवस्थाको कारणले गर्दा पानाहरू पनि घटेर गएको हो जस्तो लाग्छ ।

बजेटले नेपालीलाई बाहिर पनि लगानी गर्ने अवसर दिने भनेको छ । यो भनेको क्यापिटल अकाउन्ट कन्भर्टबिलिटीको प्रश्न हो । अहिलेसम्म त करेन्ट अकाउन्ट मात्रै कन्भर्टिबल छ । क्यापिटल अकाउन्ट पार्सियल्ली छ । लगानीकर्ताहरूको नाफा र उनीहरूको पनि क्यापिटल लानु पर्‍यो भनेमात्रै राष्ट्र बैंकको स्वीकृतिले लैजान पाउने कुरा छन् । 

तर, लगानी गर्ने यो मोड्यालिटी वास्तवमा केन्द्रीय बैंकले पनि तयार गर्दिनु पर्थ्यो होला नि । तर, त्यहाँनेर मौद्रिक नीति मौन रह्यो । तर, सरकारको ७ प्रतिशतको त्यो आर्थिक वृद्धिलाई ११ प्रतिशत कर्जा बिस्तार गर्न सकेमा भने सम्भव छ ।

(इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक ‘आईएसएसआर’ले मंगलबार गरेको कार्यक्रममा पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले व्यक्त विचारको सम्पादित अंश ।)

भिडियो पनि हेर्नुहोस् :

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ६ : ५० बजे

इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई दबाब,

सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक

‘केजीएफ’ पछि नयाँ अवतारमा यश, ‘टक्सिक’ को डार्क ट्रेलरले बढायो कौतुहलता

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार यश फेरि एकपटक दमदार र रहस्यमय