नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा « Khabarhub

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ।

भारतीय राजदूतावासका अनुसार ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ बैठक बुधबार भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीको सह-अध्यक्षतामा सम्पन्न भएको हो।

यसअघि मंगलबार संयुक्त कार्यदलको १३औँ बैठक भारत सरकारका विद्युत मन्त्रालयका सहसचिव (प्रसारण) पंकज कुमार र नेपाल सरकारका ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको सह-अध्यक्षतामा बसेको थियो।

बैठकमा जलविद्युत आयोजनाको विकास, सीमापार विद्युत व्यापार, प्रसारण पूर्वाधार विस्तार तथा ऊर्जा क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यको समग्र समीक्षा गरिएको थियो।

दुवै पक्षले ४०० केभी गोरखपुर–न्यू बुटवल प्रसारण लाइनसहित विभिन्न अन्तरदेशीय प्रसारण लाइन निर्माणमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका छन्।

यसका साथै, सञ्चालनमा रहेका तथा प्रस्तावित विद्युत उत्पादन र प्रसारण आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने तथा आवश्यक सहजीकरण गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।

बैठकमा भारतीय र नेपाली विद्युत ग्रिडको समन्वयात्मक सञ्चालन, सौर्य ऊर्जा परियोजनाको विकास, हरित हाइड्रोजन (ग्रीन हाइड्रोजन) क्षेत्रमा सहकार्य तथा नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिलगायतका विषयमा पनि विचार-विमर्श भएको थियो।

यसअघि भारतीय विद्युत सचिव पंकज अग्रवालले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसँग भेटवार्ता गरी द्विपक्षीय ऊर्जा सहकार्यका विषयमा छलफल गरेका थिए।

बैठकका निष्कर्षहरूले नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा विद्यमान सहकार्यलाई अझ प्रभावकारी र सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ७ : ३६ बजे

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा