अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण « Khabarhub

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा पुगेका छन्।

इरानी समाचार संस्था मेहरका अनुसार उनी कतारका पूर्व अमिर हमद बिन खलिफा अल थानीको सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन्।

कतारको सर्वोच्च सरकारी निकाय अमिरी दिवानका अनुसार ७४ वर्षीय पूर्व अमिर हमद बिन खलिफा अल थानीको आइतबार निधन भएको थियो।

अराघचीको यो भ्रमण हालैका साताहरूमा इरानले अमेरिकी आक्रमणको जवाफस्वरूप कतारस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि भएको हो।

कतारले गत जुनमा अमेरिका र इरानबीच भएको वार्तामा मध्यस्थकर्ताको भूमिका खेलेको थियो। सोही वार्तापछि दुवै देशबीच समझदारीपत्र (एमओयू) भएको भए पनि अहिले त्यो सहमति कमजोर बन्दै गएको बताइएको छ।

अराघचीले दोहा भ्रमणका क्रममा अमेरिका–इरानबीचको युद्धविराम पुनःस्थापनाबारे कुनै छलफल गर्ने वा नगर्ने भन्ने विषय भने स्पष्ट भएको छैन।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ७ : ४१ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,