नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव « Khabarhub

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको प्रवर्द्धन र विकासका लागि सरकारको पूर्ण साथ रहने बताएका छन् ।

‘सिप्रदी यात्री’ द्वारा काठमाडौँको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको विद्युतीय स्कुटर ‘यात्री पीटू’को निर्माण प्रक्रिया अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशी उत्पादनलाई विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल बनाउन सुझाव दिएका हुन् ।

“तपाईंहरूले गरेको मेहनत सह्रानीय छ। यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,” कारखाना अवलोकनका क्रममा अर्थमन्त्री डा. वाग्लेले भने, “गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला। अघि बढ्नुहोस्, सरकार तपाईंहरूको साथमा छ।”

नेपालमै आफ्नै डिजाइनमा दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण हुनु ऐतिहासिक कदम भएको उल्लेख गर्दै उहाँले यसलाई विश्व बजारसम्म फैलाउन आग्रह गरेका हुन्। “एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा। सकेसम्म तपाईंहरू नेपालमै गर्नुहोस्। सरकारले के–के सहयोग गर्नुपर्ने हो भन्नुस्, तर विश्व बजारमा फैलन अरू के–के गर्न सकिन्छ त्यसमा पनि सोच्नुहोला,” उनले भनेका छन्, “नेपाली इन्जिनियर र डिजाइनरले गरेको यो मेहनतको म सम्मान गर्छु।”

अवलोकनका क्रममा यात्री विद्युतीय बाइकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) असिम पाण्डेले स्कुटरको डिजाइन, सुरक्षा जाँच, पार्टपुर्जा र सफल परीक्षणबारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।

यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले कठिन पहाडी तथा हिमाली भूभागमा सफल परीक्षण गरिसकिएको र यो स्कुटर छिट्टै सर्वसाधारणका लागि बिक्री खुला गरिने बताए। दुईपांग्रे विद्युतीय सवारीमा डीसी चार्जरको प्रयोग नेपालमै पहिलो पटक गरिएको कम्पनीको दाबी छ।

श्रेष्ठले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धात्मक बनाउन ब्याट्री तथा कच्चा पदार्थ आयातमा सरकारले सहुलियतपूर्ण नीति लिनुपर्नेमा जोड दिएका छन् ।

इन्जिनियर असिम पाण्डेले सन् २०१७ मा सुरु गरेको स्टार्टअप ‘यात्री मोटरसाइकल’ अहिले ‘सिप्रदी ट्रेडिङ’सँगको व्यावसायिक सहकार्यमा ‘सिप्रदी यात्री’का रूपमा अघि बढेको हो। कम्पनीले आफ्नै डिजाइन र इन्जिनियरिङमा तयार पारेको ‘यात्री पीटू’को गुणस्तर परीक्षण भारतको सवारीसाधन परीक्षण निकायबाट गराइसकेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ८ : ५४ बजे

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला