ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ? « Khabarhub

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तन र आन्तरिक बहसमा जोड दिने नेतालाई ‘आवारा’ र ‘अराजक’ भनेपछि केन्द्रीय सदस्य झपट रावलले गम्भीर आपत्ति जनाएका छन्।

शनिबार इलाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पार्टी कार्यालयको क्यान्टिनमा बसेर आफूलाई हटाउने योजना बनाउनेलाई लक्षित गरी दिएको गैरजिम्मेवार अभिव्यक्तिको जवाफ दिँदै नेता रावलले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन्।

झपट रावलका चार प्रश्न

क्यान्टिनको बहस र कार्यकर्ताको सम्मान: पार्टी कार्यालयको क्यान्टिनमा बसेर विचार र नीतिमाथि छलफल गर्ने कार्यकर्तालाई ‘आवारा’ भन्न मिल्छ कि मिल्दैन? विगतमा तिनै कार्यकर्तासँग बसेर क्रान्तिका पाठ सिकाउने नेतृत्वले अहिले बहस गर्ने थलो र कार्यकर्तालाई अवमूल्यन गर्न मिल्छ?

नेतृत्व हस्तान्तरण र दोहोरो मापदण्ड: पार्टीमा नेतृत्व रूपान्तरण र हस्तान्तरणको माग गर्नेहरूलाई ‘अराजक’ देख्नु कुन मार्क्सवादी सिद्धान्तमा आधारित हो? हिजो आफू नेतृत्व परिवर्तनको संघर्षबाटै अघि बढेको बिर्सेर अहिले अरूले त्यही माग उठाउँदा अराजकता देख्ने दोहोरो मापदण्ड कसरी स्वीकार्य हुन्छ?

आन्तरिक लोकतन्त्र र दायित्व: पार्टी सुधारको आवाज उठाउनेहरूलाई ‘पार्टी छोडेर जाऊ’ भन्नु गैरजिम्मेवारपन हो। हिजोका अग्रजले पनि ओलीलाई त्यसै गरी धम्क्याएर पाखा लगाएको भए आज उहाँको राजनीतिक अस्तित्व कहाँ हुन्थ्यो? एमाले कसैको निजी कम्पनी नभई सहिद र कार्यकर्ताको त्यागबाट बनेको साझा संस्था हो।

अवसरको समान मापदण्ड र आत्मसमीक्षा: अरू नेताले पटक-पटक अवसर पाएको भन्दै आलोचना गर्ने नेतृत्वले आफ्नै हकमा भने किन सोही मापदण्ड लागू गर्दैन?

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ९ : २४ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले