‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल « Khabarhub

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह र सङ्घर्षमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने कमजोर देखिएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले वामपन्थी आन्दोलनको पुनर्जागरणका लागि विगतका कमजोरीको निर्मम समीक्षा हुनुपर्नेमा जोड दिएका हुन् ।

कम्युनिस्ट आन्दोलनमा अधिकार र सङ्घर्षका कुरा धेरै भए पनि समाज बदल्ने मुख्य आधार मानिएको अर्थराजनीतिको विषय उपेक्षित भएको उनको भनाइ छ। क्रान्तिपूर्व ‘सरकार शक्ति सञ्चयको आधार हो’ भन्ने मान्यता रहे पनि व्यवहारमा भने सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण हुन पुगेको उनले स्वीकार गरेका छन्।

कम्युनिस्ट नेतृत्वको सरकारले देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम गरे पनि जनसमर्थन भने बढ्नुको साटो घटेको पोखरेलले उल्लेख गरेका छन्। उनका अनुसार २०५१ मा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार र २०७२ मा केपी शर्मा ओली नेतृत्वको ९ महिने सरकारबाहेक अन्य कुनै पनि वामपन्थी सरकारले जनमत बढाउन सकेका छैनन्।

आम निर्वाचन २०८२ मा सिङ्गो वामपन्थी आन्दोलनले व्यहोर्नुपरेको असाधारण धक्काले नयाँ ढङ्गले चिन्तन–मनन गर्ने ठाउँमा पुर्‍याएको उनले बताए। आधारभूत वर्ग र समुदाय नै कम्युनिस्ट पार्टीबाट टाढिनुका साथै नेता–कार्यकर्तामा परिवर्तनको हुटहुटी शिथिल हुनुका कारणबारे समीक्षा गर्नुपर्ने उनको तर्क छ।

समस्याबाट भाग्नुको साटो सामना गरेर अघि बढ्नुपर्ने मार्क्सवादी मान्यतालाई आत्मसात् गर्दै आन्दोलनको पुनर्जागरणमा लाग्नुपर्ने महासचिव पोखरेलले जोड दिएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ९ : ५९ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई