प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने « Khabarhub

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘शिक्षा संवाद’ कार्यक्रम सुरु भएको छ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमसँगै यो अभियानको औपचारिक सुरुआत भएको हो।

उद्घाटन संवाद कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शिक्षा नीति दीर्घकालीन प्रभाव पार्ने संवेदनशील विषय भएकाले कम्तीमा २५ देखि ३० वर्षसम्म काम गर्ने गरी दूरदर्शी शिक्षा नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। ऐन निर्माणअघि नै देशभरका सरोकारवालाको सुझाव र आवाज समेट्न आवश्यक रहेकाले सातै प्रदेशमा पुगेर प्रत्यक्ष संवाद अभियान थालिएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा अभियन्ता अभिषेक घिमिरे, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा मन्त्रालयका सहसचिव एवम् विद्यालय शिक्षा महाशाखा प्रमुख शिव सापकोटा लगायतको सहभागिता रहेको थियो।

विराटनगरबाट सुरु भएको ‘शिक्षा संवाद’ अभियानको दोस्रो दिन आज जनकपुरमा कार्यक्रम आयोजना हुँदैछ। अभियानअन्तर्गत सातै प्रदेशका शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक र स्थानीय तहका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गरी राय–सुझाव सङ्कलन गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १० : १९ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई