ग्यासको सास्ती : निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन (तस्बिरहरू) « Khabarhub

ग्यासको सास्ती : निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन (तस्बिरहरू)


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल आयल निगमले विशेष बिक्रीको व्यवस्था मिलाएपछि तोकिएका स्थानहरूमा उपभोक्ताहरूको ठूलो भीड लागेको छ । 

आयल निगमको टेकु परिसर लगायतका क्षेत्रमा बिहानैदेखि ग्यास लिन पुगेका उपभोक्ताको लामो लाइन देखिएको छ ।

नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा ग्यास उद्योगीहरूमार्फत आज आइतबार उपत्यकाका विभिन्न ७ वटा स्थानबाट ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको छ । 

नियमित विक्रेताहरूबाट ग्यास पाउन नसकेका अति आवश्यक परेका उपभोक्ताहरूलाई लक्षित गरी यो कदम चालिएको हो । 

बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म यी तोकिएका स्थानहरूबाट ग्यास खरिद गर्न सकिने व्यवस्था गरिएको छ । 

ग्यास खरिद गर्नका लागि उपभोक्ताहरूले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने निगमले जनाएको छ ।

वितरण भइरहेका स्थान र ब्रान्डहरू:

निगमको टेकु परिसर : नेपाल, एचपि, एभरेस्ट/सुगम, श्रीराम र सागर

पशु सेवा शाखा (चपली, बूढानीलकण्ठ) : नेपाल, एचपि र भानु

राधास्वामी (कीर्तिपुर परिसर) : नेपाल, एचपि, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया

नयाँ बजार (जुडो हल परिसर) : नेपाल, एचपि र ओम

तारकेश्वर नगरपालिका परिसर : नेपाल र एचपि

चन्द्रागिरि नगरपालिका कार्यालय : लोकप्रिय, नेपाल, एचपि र श्रीमाया

राष्ट्रिय क्षयरोग केन्द्र (ठिमी) : नेपाल, एचपि, सूर्य, सागर, एभरेस्ट/सुगम र एसटीसी

तस्बिरहरू- सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १ : ५४ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक