निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना « Khabarhub

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय छेल्ट्रिमलगायतको सहकार्यमा बनेको फिल्म ‘टनेल २६’को टिजर सार्वजनिक भएको छ ।

यस फिल्मलाई प्रदीप र नेपाली व्यवसायी निर्वाण चौधरीको अन्तर्राष्ट्रिय सहकार्यका रुपमा नेपालमा चर्चा गरिएको छ ।

भारतीय फिल्म मेकर प्रशान्त कुमार गुप्ताको समेत सहकार्य रहेको यस फिल्मको टिजरमा अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्छो किनरबलगायतका कलाकारलाई देख्न सकिन्छ ।

साङ्गे शेल्ट्रिम फिल्म्स र पिक एक्सभी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका लेखक तथा निर्देशक डीडी किन्ले हुन् । मूल रूपमा भुटानको राष्ट्रिय भाषा ‘जोङ्खा’मा निर्माण भएको यो फिल्म नेपाल, भुटान तथा भारतका कम्पनीहरूको संयुक्त निर्माण हो।

नेपाली, ‘जोङ्खा’ र हिन्दी भाषामा समेत यो फिल्म प्रदर्शन हुने बताइएको छ । अक्टोबर ६ लाई प्रदर्शन मिति तोकिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ८ : ०५ बजे

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक