निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना « Khabarhub

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय छेल्ट्रिमलगायतको सहकार्यमा बनेको फिल्म ‘टनेल २६’को टिजर सार्वजनिक भएको छ ।

यस फिल्मलाई प्रदीप र नेपाली व्यवसायी निर्वाण चौधरीको अन्तर्राष्ट्रिय सहकार्यका रुपमा नेपालमा चर्चा गरिएको छ ।

भारतीय फिल्म मेकर प्रशान्त कुमार गुप्ताको समेत सहकार्य रहेको यस फिल्मको टिजरमा अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्छो किनरबलगायतका कलाकारलाई देख्न सकिन्छ ।

साङ्गे शेल्ट्रिम फिल्म्स र पिक एक्सभी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका लेखक तथा निर्देशक डीडी किन्ले हुन् । मूल रूपमा भुटानको राष्ट्रिय भाषा ‘जोङ्खा’मा निर्माण भएको यो फिल्म नेपाल, भुटान तथा भारतका कम्पनीहरूको संयुक्त निर्माण हो।

नेपाली, ‘जोङ्खा’ र हिन्दी भाषामा समेत यो फिल्म प्रदर्शन हुने बताइएको छ । अक्टोबर ६ लाई प्रदर्शन मिति तोकिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ८ : ०५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर