साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै « Khabarhub

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ । 

पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको गोरक्षतालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज साइक्लिङ आयोजना गरेको हो ।

साइक्लिङका माध्यमबाट हेटौँडासहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवर्द्धन गरिरहेको सोसाइटीले गोरक्षतालको प्रचारप्रसार गर्ने उद्देश्यले आज साइक्लिङको आयोजना गरिएको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिए । 

हेटौँडा बजारबाट चतरा जाने मुख्य सडक हुँदै करिब २० किलोमिटर पूर्वमा यो ताल अवस्थित छ ।

सुरुमा यहाँ सानो खोल्सोबाट पानी बग्ने गरेकामा २०६० सालमा स्थानीयवासीको पहल तथा जिल्ला विकास समितिको सहयोगमा हरना फाँटमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले बाँध निर्माण गरी पानी जम्मा गरिएपछि यो ताल निर्माण भएको हो । 

विसं २०७० मा यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ गोरक्षताल संरक्षण समिति गठन गर्दै यहाँको पर्यटकीय विकासको पहल थालिएको थियो ।

तालको परिसरमा फूलहरूको सुगन्ध, चराचुरुङ्गीको चिरविराहट तथा शान्त प्राकृतिक वातावरणको आनन्द यहाँका विशिष्टता हुन् । 

तालको प्रचारप्रसारसहित पर्यटन प्रवर्द्धनको उद्देश्यसहित सोसाइटीले आज यस क्षेत्रको प्रवर्द्धनात्मक भ्रमण गरेको अध्यक्ष थापामगरले जानकारी दिए । 

साइक्लिङका माध्यमबाट हेटौँडामा पाँच वर्षयता औपचारिक रूपमा सङ्गठित भइरहेको सोसाइटीले स्वास्थ्य, पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा जोड दिँदै आएको उनले बताए ।

संस्थाले यसबीचमा हेटौँडा उपमहानगरपालिका-१७ हटिया जुरेथुमस्थित एसियाकै अग्लो मानिने ४२ फिट अग्लो कृष्णमूर्ति, ऐतिहासिक मकवानपुर गढी, गोरखा दरबार, रसुवागढी, केरुङ, ठोरी, गढीमाई मन्दिर, धरानको चतराधाम, चितवनको सोमेश्वरगढीलगायत धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिसकेको उनले जानकारी दिए । रासस
 

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ३ : १३ बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको