वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा « Khabarhub

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार मसान्तसम्ममा आफ्नो खुद नाफामा उल्लेख्य सुधार गरेका छन् ।

वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका बैंकहरूको कुल खुद नाफा अघिल्लो आर्थिक वर्ष ०८१/८२ को तुलनामा ३२.२७ प्रतिशतले बढेर ६ अर्ब ९८ करोड ६६ लाख ६ हजार २ सय रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्ष सोही अवधिमा बैंकहरूको कुल नाफा ५ अर्ब २८ करोड १७ लाख ५२ हजार ८ सय रुपैयाँ रहेको थियो ।

तथ्यांक अनुसार गत आर्थिक वर्षमा नबिल बैंक सबैभन्दा बढी खुद नाफा कमाउने बैंक बनेको छ । 

सो बैंकले असार मसान्तसम्ममा ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ३३.४९ प्रतिशतको वृद्धि हो ।

ग्लोबल आइएमई बैंकले ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

प्रतिशतका आधारमा गत आर्थिक वर्षमा हिमालयन बैंकले नाफा आर्जनमा सबैभन्दा ठूलो फड्को मारेको छ । 

अघिल्लो आर्थिक वर्षको तुलननामा गत आर्थिक वर्षमा यस बैंकको नाफा १०४१.१६ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कुमारी बैंकको नाफा पनि ३०५.९५ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ पुगेको छ । 

सिटिजन्स बैंक ६३.०५, राष्ट्रिय वाणिज्य बैंक ६०.६८ र नेपाल बैंक ४६.२० ले पनि नाफामा सुधार गरेका छन् ।

पाँच बैंकको नाफामा गिरावट, प्रभु बैंक घाटामा

सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको औसत नाफा बढे पनि केही बैंकहरूको वित्तीय अवस्था भने कमजोर देखिएको छ । 

प्रभु बैंक गत आर्थिक वर्षमा २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद नोक्सानीमा पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा सो बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । 

यस्तै, गत आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक को नाफा ३६.५८ प्रतिशतले घटेको छ । 

समीक्षा अवधिमा कृषि विकास बैंकको नाफा २९.५१ प्रतिशत, लक्ष्मी सनराइजको २३.२६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डको नाफा ५.३८ प्रतिशतले गिरावट आएको तथ्यांकले देखाउँछ । 

गत वर्ष ३ अर्ब ८७ करोड २० लाख २४ हजार रुपैयाँ नोक्सानीमा रहेको एनआईसी एशिया बैंकले यस वर्ष सुधार गर्दै १८ करोड १७ लाख २ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

अन्य बैंकहरूमध्ये गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले ६०.६८, नेपाल बैंकले ४६.२०, सानिमाले ३८, प्राइमले २८.४८, नेपाल एसबिआईले १२.८८, माछापुछ्रेले १२.३३, एभरेष्टले ४.७५ र सिद्धार्थले ४.५३ प्रतिशत खुद नाफा वृद्धि गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ४ : १७ बजे

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा