गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो « Khabarhub

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा पुगेर आफू नेतृत्वबाट बिदा नहुने अडानलाई कायम राख्दै थप चुनौती दिएका छन् । 

उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नेताहरूले आफूलाई हटाउन लागेकोप्रति असन्तुष्ट जनाउँदै आफ्नो विकल्प नरहेको स्पष्ट पारे । 

झापा पुगेर मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै ओलीले बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया आफ्नो निवासमा लडेको विषयमा पनि असन्तुष्टि जनाएका छन् । 

उनले जगन्नाथ त्यहाँ लडेको भनेर अनावश्यक प्रचारबाजी गरिएको आरोप लगाए । 

ओलीले संगठित सदस्यभन्दा कम मत आएको विषयमा लाज मान्दै मतै नहाल भनेर आफ्नै पार्टीका नेताहरूले उर्दी गर्दै हिँडेको टिप्पणी समेत गरे ।

ओलीले आफू नेतृत्वबाट बिदा हुनुपर्छ भन्ने आवाज उठेकोमा जवाफ दिँदै भने, ‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौँ । नेतृत्व फेर्ने प्रक्रियालाई मात्र पुनर्गठन भनिन्न । अहिले पार्टी पुनर्गठन जो भनिएको छ, वास्तवमा पुनर्गठन होइन ।’

उनले आफ्नो विकल्प पार्टीमा नरहेको संकेत गर्दै केही खान नपाएकाहरूले यसपटक भोट हालेको तर खान पाएकाहरूले नै घात गरेको उल्लेख गरे । 

‘जनसंगठनको होला, सिङ्गै पार्टीको पुनर्गठन होइन । कुनै कमिटीको होला । त्यस्तो व्यापक रूपमा भइरहन्छ । अधिवेशनहरू गरिरहन्छौँ, पुनर्गठन हुँदैन ।’,उनले भने, ‘पर्याप्त खान पाएकाहरूले गुनासो गरेका छन्,’  ओलीले भने, ‘केही नपाएकाले यसपटक पनि भोट हाले । केही पाएकाले यसपटक पनि भोट हालेनन् ।’

ओलीले हिजो इलामको कार्यक्रममा पनि आफू नेतृत्वबाट पछि नहट्ने बताएका थिए।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ४ : ३१ बजे

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)

भोटेकोशी बाढीमा बेपत्ता भएकाको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

काठमाडौं– म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा,