‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’ « Khabarhub

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक अहिले पनि संकटबाट निस्किन नसकेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ भन्ने विषयमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा भुसालले यस्तो बताएका हुन् ।

उनले मुलुक पहिले ‘नालायक’हरूबाट शासित रहेकोमा अहिले ‘लफङ्गा’हरूको हातमा पुगेको कठोर टिप्पणी गरेका छन्। पछिल्ला राजनीतिक घटनाक्रमले यसअघि आफूले गरेको उक्त पुरानो टिप्पणीलाई पुष्टि गरिरहेको पनि उनले दाबी गरेका छन्।

भुसालले गत फागुन २१ गतेको निर्वाचनबाट भएको ठूलो परिवर्तनसहितको राजनीतिक घटनाक्रमपछि आफूले मुलुक ‘लफङ्गा’हरूको हातमा जान लागेको निष्कर्ष निकालेको पनि सम्झाएका छन् ।

‘मैले फागुन २१ गते निर्वाचनका दिन सबै साथीहरूलाई भेटेपछि निष्कर्ष निकालेको थिएँ, मुलुक नालायकहरूबाट त शासित छँदै थियो, अब लफङ्गाहरूबाट शासित हुने भयो। त्यतिबेला मैले आफू गलत साबित हुन पाऊँ भनेको थिएँ,’ उनले सम्झिँदै भने अन्तरक्रियामा भनेका छन् ।

फागुन २१ को निर्वाचनपछि साढे चार महिनाको समयमा मुलुकमा देखिएका घटनाक्रमले आफूले गरेको टिप्पणीभन्दा जटिल अवस्था मुलुकको बन्दै गरेको पनि उनले बताए ।

‘आज जे देखिएको छ, त्यसले समाजमा अझै डरलाग्दो क्षति र थप राजनीतिक दुर्घटनाहरू हुने जोखिम बढाएको छ,’ भुसालले भने।

२०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट पार्टीहरूले भोगेको पराजय अनपेक्षित रहेको बताउँदै भुसा उनले आफूहरू कसरी पराजित भयौँ भन्ने विषयको स्पष्ट समीक्षा हुन नसकेको बताए।

‘हामी यसरी हारेका छौँ कि कसरी हार्‍यौँ भनेर अहिलेसम्म पत्तो पाएनौँ,’ उनले भने, ‘हामीलाई यसबारे कसैले प्रश्न नगरिदिए हुन्थ्यो, घरमा श्रीमती र छोराछोरीले पनि नसम्झाइदिए हुन्थ्यो जस्तो लाग्छ। यो त्यो तहको अनपेक्षित र कतिपय अवस्थामा व्याख्या गर्न नसकिने हार भोगिएको छ।’

उनले कम्युनिस्टहरूले भोगेकोऊ पराजय अति अप्रत्याशित र व्याख्या गर्न मुस्कि रहेको उल्लेख गरे। उक्त हारबाट पाठ सिक्दै समग्र कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गर्नुपर्ने समय आएको उनको भनाइ छ।

वालेन्द्र शाह नेतृत्वको यो सरकार यस्तै शैलीमा अझै दुई वर्ष चलिरहे मुलुकले गम्भीर संकट व्यहोर्ने चेतावनी पनि उनले दिए। कम्युनिस्ट आन्दोलनलाई जगाउन विगतका कमजोरीको गम्भीर समीक्षा गरेर आधारसहित जनतामाझ जानुपर्ने उनले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ५ : ०८ बजे

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्