टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ « Khabarhub

टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच १५ सदस्यीय टिमको बिदाइ गरिएको हो ।

यही अगस्ट २१ देखि ३० तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले सहभागिता जनाउनेछ । 

‘टप एन्ड टी-२०’ प्रतियोगिता सकिए लगत्तै नेपाल ‘ए’ ले अस्ट्रेलियामै थप खेलहरू खेल्ने तालिका छ । 

जसअनुसार नेपालले साउथ अस्ट्रेलिया, तास्मानिया र जिल्याण्ड ‘ए’ विरुद्ध मैत्रीपूर्ण सिरिज खेल्नेछ।

अस्ट्रेलिया भ्रमणमा जाने टिमको कप्तानी अनिल कुमार साहले गरेका छन् । 

टिमका अन्य खेलाडीहरूमा त्रित राज दास, मयन यादव, कुशल भुर्तेल, पवन सराफ, दीपक डुम्रे, कुशल मल्ल र लोकेस बम छन् । 

यसैगरी रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल पनि टिममा अटाएका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ६ : ३० बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम