टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ « Khabarhub

टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच १५ सदस्यीय टिमको बिदाइ गरिएको हो ।

यही अगस्ट २१ देखि ३० तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले सहभागिता जनाउनेछ । 

‘टप एन्ड टी-२०’ प्रतियोगिता सकिए लगत्तै नेपाल ‘ए’ ले अस्ट्रेलियामै थप खेलहरू खेल्ने तालिका छ । 

जसअनुसार नेपालले साउथ अस्ट्रेलिया, तास्मानिया र जिल्याण्ड ‘ए’ विरुद्ध मैत्रीपूर्ण सिरिज खेल्नेछ।

अस्ट्रेलिया भ्रमणमा जाने टिमको कप्तानी अनिल कुमार साहले गरेका छन् । 

टिमका अन्य खेलाडीहरूमा त्रित राज दास, मयन यादव, कुशल भुर्तेल, पवन सराफ, दीपक डुम्रे, कुशल मल्ल र लोकेस बम छन् । 

यसैगरी रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल पनि टिममा अटाएका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ६ : ३० बजे

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा