फेरि निखिलको एब्सको चर्चा ! « Khabarhub

फेरि निखिलको एब्सको चर्चा !


३१ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै बरी लै’मा नाचेर देखाइदिए । यो उनकै निर्देशनमा बनेको फिल्म पनि हो ।

अर्कोतर्फ एक्सन हिरोको छवि बनाएका निखिल रोमान्टिक मुडमा देखिए । सजिना श्रेष्ठसँग रोमान्स गर्न बगैँचा, बाल्कोनी, बाइक राइडदेखि स्विमिङ पुलमा पनि डुबुल्की मारेका छन् ।

यो निखिललाई कति सुहाएको छ ? प्रश्न जो-जसबाट उठे पनि जवाफ दर्शकले दिने हो । अर्को जवाफ चाहिँ निखिलले नै दिनुपर्छ, त्यसको प्रश्न हो, ‘उमेर अन्तर बढी नै भएको नायिकासँग अनस्क्रिन रोमान्स उपयुक्त छ त ?’

तर, अनस्क्रिन रोमान्समा उमेरले के छेक्थ्यो ? बस् अस्वभाविक देखिनु भएन । देखिए फिल्मलाई नै घाटा हो । निखिल र सजिनाको केमेस्ट्री कस्तो देखियो ? यसको जवाफ पनि दर्शकले दिनेछन् ।

तर, एक तथ्य- निखिल यति रोमान्टिक औरामा प्रस्तुत हुँदा पनि दर्शकले उनको एक्सन नै खोजिरहेका छन् । कमेन्ट बक्सले यो पुष्टि गर्छ ।

यो भिडियोमा निखिलले आफूलाई रोमान्टिक देखाउन गेटअपमा ध्यान दिएका छन् । अलि बढी फोकस गरेर एब्स देखाएका छन् ।

हुन त निखिलको एब्स प्राकृतिक देखिएको छैन । उनी स्विमिङ पुलको डिलमा रोमान्टिङ मुडमा हिँडिरहँदा एक ठाउँमा एब्स मधुरो हुन्छ । लगभग हराउँछ । यो दृश्यले कमजोर भीएफएक्सको झल्को दिन्छ । धेरै दर्शकले यो नोटिस गरेका छन् ।

अर्थात्, गीतले पनि भीएफएक्सको चर्चा फेरि सामुन्ने ल्याएको छ ।

पहिलो झलक सार्वजनिक हुँदा यस फिल्मको कमजोर भीएफएक्सको चर्चा भएको थियो । त्यसबेला निखिल निकै आलोचित बनेका छन् ।

यी दुई घटनाले फिल्मको भीएफएक्स प्रति चिन्ता बढाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  १२ : १६ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली