टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा « Khabarhub

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको गोलमद्दतमा लिभरपुलले इङ्लिस लिग कपको तेस्रो चरणमा टोटनह्याम हट्सपरलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। जितसँगै लिभरपुल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ।

मंगलबार राति सम्पन्न खेलमा लिभरपुलले सुरुवाती समयदेखि नै टोटनह्याममाथि दबाब बनाएको थियो। खेलको २१ औँ मिनेटमा म्याक एलिस्टरले गोल गर्दै घरेलु टोली लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेको लिभरपुलका लागि ५४ औँ मिनेटमा ग्याक्पोले म्याक एलिस्टरको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

टोटनह्यामका लागि ६९ औँ मिनेटमा कनर ग्यालाघरले म्याथ्युज फर्नान्डेजको पासमा एक गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेका थिए। तर, दोस्रो हाफको इन्जुरी समय (९०+१ मिनेट) मा सोबोस्लाइले ग्याक्पोको पासलाई गोलमा परिणत गरेपछि लिभरपुलले ३–१ को सहज जित पक्का गर्‍यो।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ८ : ३० बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ