टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा « Khabarhub

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा


३१ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको गोलमद्दतमा लिभरपुलले इङ्लिस लिग कपको तेस्रो चरणमा टोटनह्याम हट्सपरलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। जितसँगै लिभरपुल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ।

मंगलबार राति सम्पन्न खेलमा लिभरपुलले सुरुवाती समयदेखि नै टोटनह्याममाथि दबाब बनाएको थियो। खेलको २१ औँ मिनेटमा म्याक एलिस्टरले गोल गर्दै घरेलु टोली लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेको लिभरपुलका लागि ५४ औँ मिनेटमा ग्याक्पोले म्याक एलिस्टरको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

टोटनह्यामका लागि ६९ औँ मिनेटमा कनर ग्यालाघरले म्याथ्युज फर्नान्डेजको पासमा एक गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेका थिए। तर, दोस्रो हाफको इन्जुरी समय (९०+१ मिनेट) मा सोबोस्लाइले ग्याक्पोको पासलाई गोलमा परिणत गरेपछि लिभरपुलले ३–१ को सहज जित पक्का गर्‍यो।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  ८ : ३० बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह