अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि « Khabarhub

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर दूध पोखरा बजारमा भित्रिन्छ । पछिल्लो समय यो वडामा मात्र तीनवटा दूध सङ्कलन केन्द्र (डेरी) खुलेका छन् । यहाँ पाँच वर्षका अवधिमा व्यावसायिक पशुपालन फस्टाएको छ । प्रत्येक घरमा गाईपालन सुरु गरेर दूध बिक्री गर्ने किसान बढेका छन् ।

सरकारले दूध उत्पादनमा किसानलाई प्रोत्साहन दिएपछि व्यावसायिक दूध उत्पादन वृद्धि भएको हो । सरकारले किसानलाई दूधमा प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान दिने गरेको छ । ‘सरकारले दूध उत्पादनका आधारमा अनुदान रकम दिएपछि किसानलाई राहत भएको छ । गाउँमा पशुपालनको लहरनै चलेको छ’, स्थानीय किसान गोपाल पोखरेलले भने, ‘चोक्कर, पराललगायत पशु आहाराको मूल्यवृद्धि हुँदा अझै दूधको मूल्य खर्चका आधारमा न्यून छ, समयअनुसार दूधको मूल्यसमेत बढाउनु आवश्यक छ ।’

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीले जिल्लामा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रममा दूध उत्पादन गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिइन्छ । सिधै किसानले नगद रकम अनुदान पाउँछन् ।

गत आर्थिक वर्ष दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत किसानलाई दुई करोड २० लाख प्रोत्साहन अनुदान वितरण गरिएको कार्यालयका प्रमुख डा गृष्म न्यौपानेले बताए । उनका अनुसार ४४ लाख लिटर दूधको अनुदान दिइइएको थियो । दूध उत्पादन, सङ्कलन तथा औपचारिक बजारीकरणमा आबद्ध सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम किसानले पाउने गरेका छन् ।

‘दूधमा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अत्यन्त प्रभावकारी छ । यसबाट किसानहरु दूध उत्पादन र औपचारिक बजारीकरणमा आबद्ध हुनका लागि प्रोत्साहित हुनुभएको छ’, कार्यालय प्रमुख न्यौपानेले भने ।

गत वर्ष यस कार्यक्रमअन्तर्गत २७ वटा दूध सङ्कलन संस्था/केन्द्रमार्फत वार्षिक ६९ लाख २३ हजार ७०० लिटर दूध सङ्कलन भएको विवरणमा उल्लेख छ । साथै आठ हजार ५० जना किसान दूध सङ्कलन प्रणालीमा आबद्ध रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले दूध उत्पादन बढाउन किसानलाई प्रतिलिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई औपचारिक बजारसँग समेत जोड्न सहयोग पुगेको छ । उत्पादनमा आधारित अनुदानसँगै पाडीबाछी हुर्काउने प्रोत्साहन कार्यक्रमलाई पनि पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्ने महत्त्वपूर्ण कार्यक्रमका रूपमा कार्यालयले अघि बढाएको छ ।

यस कार्यक्रममा कोरली बाछी र कोरली पाडी हुर्काउनका लागि किसानलाई १० हजारका दरले अनुदान दिइने गरेको छ । यस कार्यक्रमबाट गत वर्ष ९९ कोरली पाडी र ३५५ बाछी हुर्किइ माउ बन्न योग्य भएको र दूधालु पशुको सङ्ख्यामा ४५४ ले वृद्धि भई यस वर्ष १२ लाख लिटर अतिरिक्त दूध उत्पादन हुने कार्यालयको अनुमान छ ।

कास्की जिल्लामा कूल एक लाख २० हजार ५७२ घर परिवार रहेकामा ५२ हजार ३२३ परिवार पशुपालमा आबद्ध रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ८ : ३९ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ