इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू) « Khabarhub

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)


३१ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ । इन्द्रजात्राका लागि श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ निर्माण तथा मर्मतसम्भारको काम धमाधम भइरहेको छ ।

इन्द्रजात्राका मुख्य आकर्षणका रूपमा रहेका तीनवटै रथलाई जात्राका क्रममा विधिवत् रूपमा तान्न सकिने गरी आवश्यक तयारी अघि बढाइएको हो । काठका संरचना जाँच गर्ने, आवश्यक मर्मत तथा रंगरोगन गर्ने र रथलाई सजाउने काम भइरहेको छ ।

काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मनाइने इन्द्रजात्रामा जीवित देवी कुमारी, गणेश र भैरवका रथ तान्ने परम्परा रहेको छ । जात्राका क्रममा हनुमानढोका, वसन्तपुर तथा आसपासका क्षेत्रमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन् ।

इन्द्रजात्राको अवसरमा लाखे नाच, पुलुकिसी, विभिन्न देवीदेवताका नाच तथा परम्परागत बाजागाजासहितका सांस्कृतिक गतिविधि पनि हुने गर्छन् । जात्रामा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट श्रद्धालु तथा सर्वसाधारण सहभागी हुने भएकाले हनुमानढोका दरबार क्षेत्र आसपासमा विशेष चहलपहल हुने गर्दछ ।

जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित निकायले रथयात्रा हुने मार्ग, भीड व्यवस्थापन, सुरक्षा तथा आवश्यक पूर्वाधारको तयारीसमेत अघि बढाउने तयारी गरेको छ । इन्द्रजात्रा काठमाडौंको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक सम्पदासँग जोडिएको महत्त्वपूर्ण पर्व भएकाले यसको तयारीमा स्थानीय समुदाय र गुठीहरूको समेत सक्रिय सहभागिता रहने गरेको छ ।

तस्बिर : आभास रञ्जित/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  १० : ५५ बजे

कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

जनकपुर – कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न

पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा

कास्की – पोखरामा यही मङ्सिर ९ देखि १५ गतेसम्म सञ्चालन

भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा कुनै सहमति भएकाे छैन : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले बागडोगरा विमानस्थल सञ्चालनका लागि भारतीय

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जेरुसेलम – इजरायलले इरानमाथि सम्भावित सैन्य आक्रमण गरे त्यसले व्यापक