छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाइ–बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले छोरा सुनिल नाछिरिङ राईको बैंक खातामा क्युआर कोडमार्फत् ४५ हजार रुपैयाँ घुस मागेकी थिइन् ।

उक्त रकम छोरा सुनिलको बैंक खाताको क्यूआर कोडमा जम्मा गर्न लगाएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

अख्तियारले उपाध्यक्ष अन्जुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) को देहाय (क) बमोजिम कारबाहीको माग गर्दै ४५ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

त्यस्तै, सुनिलले आमासँगको मिलेमतोमा रकम लिएर प्रयोग गरेको भन्दै उनीविरुद्ध पनि सोही बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ३(२) बमोजिम सजाय मागदाबी गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  २ : ०४ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट