कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने « Khabarhub

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने भएको छ ।
 
त्रिशूली बाढीबाट सडकको तल्लो भाग बगाएपछि त्यस ठाउँमा उक्त राजमार्ग यही भदौ १४ गते  यातायात सेवा  सञ्चालन गर्न नमिल्ने गरी भासिएको थियो । सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध बनेको सो राजमार्ग यही भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो ।
 
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर धीरज ढकालका अनुसार आज साँझसम्ममा सबै काम सकिने छ । आजै ग्राबेल र नालीको काम भइरहेको छ । 

उनले भने, ‘साँझसम्ममा हामी सबै काम सक्छौँ’, ‘स्थानीय बेनिघाट रोराङ गाउँपालिकाले सडकमा ‘फ्लडलाइट’ जडान गर्दैछ । यससँगै रातिमा सवारी सञ्चालन गर्न सहज हुनेछ ।’

पूर्वाधार विकास मन्त्रालयले जारी गरेको सूचनामा बिहीबार बिहान ६ः०० बजेदेखि पूर्णरुपमा यातायात सञ्चालन गरिने जनाइएको छ । नदी कटानबाट करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएकोमा मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको कामलाई अन्तिम चरणमा पुर्‍याएको सूचनामा जनाइएको छ ।
 
धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले साँझसम्ममा काम सम्पन्न भएमा रोकिएका गाडी आजै पार गराउने बताए। उनले भने, ‘साँझसम्मको प्रगतिको समीक्षा गरी रोकिएका सवारी पार गराउँछौँ ।’ बिहीबार बिहानदेखि दुईतर्फी नै सवारी सञ्चालन हुने उनले बताए।
 
कृष्णभीरमा सवारी सञ्चालन भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएका सवारीसाधन पनि गन्तव्यतर्फ छुट्ने छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा सवारी सञ्चालन हुने भएमा तत्कालका लागि तुइन खोलामा आंशिक सडक रोकेर गरिएको पहिरो रोकथामको काम रोकिने बताए। 

लामो समयदेखि कृष्णभीरको सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन राजधानी जान आउन पाएका छैनन् । त्यसका कारण राजधानीमा एलपी ग्यासको अभाव देखिएको छ ।
 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ३ : १४ बजे

मणिपुरमा पछिल्लो झडपमा दुई महिलाको मृत्यु

नयाँदिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पछिल्लो तीन सातादेखि जारी जातीय

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको