ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’ « Khabarhub

ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी अनलाइन ‘द ग्रे जोन’ले रास्वपालाई जिताउन अमेरिकाबाट लगानी भएको दाबी गर्दै प्रकाशित गरेको रिपोर्ट आफूले नपढेको बताएका छन् ।

बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको सर्वदलीय बैठकपछि बाहिरिएका रविलाई पत्रकारले ग्रे जोनको रिपोर्टबारे प्रश्न गरेका थिए ।

‘तपाईंले कसरी हेर्नुभयो ? यो के रहेछ ग्रे जोन भन्ने ? कुन पत्रिका रहेछ ? कहाँबाट आएको रहेछ ? यति ठूलो हल्ला छ र ? त्यस्तो हो र ? तर मैले पढेको छैन,’ लामिछानेले भने ।

उनले आफूले विश्वसनीयता नभएका र अफवाहजस्ता लाग्ने सामग्री नपढ्ने बताए । ‘म चाहिँ जुन चिजको क्रेडिबिलिटी छैन, त्यस्तो कुरा पढ्दिनँ । जुन चिज अफवाह हो, हावा हो भन्ने लाग्छ भने म हेर्दै हेर्दिनँ,’ उनले भने ।

लामिछानेले आधारहीन सामग्री पढेर पत्रकार तथा सञ्चारकर्मीले समय खेर फाल्न नहुनेसमेत बताए । ‘अन्टसन्ट कुरा आयो भने म त पढ्दिनँ । झुटोसुटो लेख्यो भने म पढ्दिनँ । त्यस्तो नहुने कुराको पनि समाचार कसले पढिरहन्छ ? यत्रो देशका पत्रकारको समय बर्बाद गर्नु हुँदैन,’ उनले भने ।

यसअघि प्रधानमन्त्री वालेन्द्र शाह र सभापति लामिछानेसहित केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भनेर आएको समाचारबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मौनता साँधेका थिए।

केही दिनअघि रास्वपाको उदयमा अमेरिकी लगानी रहेको भनेर त्यहीँको सञ्चारमाध्यम ‘द ग्रे जोन’ले सार्वजनिक गरेको खोजमूलक समाचारबारे बुधबार पत्रकारले प्रश्न गर्दा वाग्ले पन्छिएर हिँडेका थिए ।

अर्थमन्त्रालय परिसरबाट बाहिरिने क्रममा उनलाई पत्रकारले घेरेका थिए । तर तीनदेखि चार पत्रकारले पटक पटक प्रश्न दोहोर्‍याउँदा पनि वाग्लेले एक वाक्य निकालेनन्।

‘ग्रे जोनको रिपोर्टबारे बोलिदिनु न, प्रधानमन्त्री र सांसदहरूकै नाम जोडिएर आएको छ। प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेको छ’, एकजना पत्रकारले यसरी सोध्छन् । तर उनको यो प्रश्न पूरै सुनेर पनि वाग्लेले एक शब्द उत्तर दिएनन्।

त्यसपछि अर्का पत्रकारले उनलाई सोधे, ‘यो रिपोर्टबारे तपाईं के पाउनु हुन्छ ? वास्ताविकता हो कि शतप्रतिशत झूटो हो ?’, अर्का पत्रकारले यति प्रश्न सोध्दा पनि उनले न त हो भने न त होइन नै भने, चुपचाप अघि बढिरहे ।

त्यसपछि तेस्रो पत्रकारले उनलाई सोधे, ‘थोरै बोलिदिनु न यसबारे’, तर वाग्ले अघि बढेर सरकारी गाडी चढ्न पुग्छन् । उनले गाडी चढिसक्दा पनि पत्रकारले प्रश्न गर्न छोड्दैनन् । तर उनी ग्रे जोनको रिपोर्टबाट निरुत्तर भएर बाटो लागे।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ३ : १९ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको