रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले « Khabarhub

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भनेर आएको समाचारबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मौनता साँधेका छन्।

केही दिनअघि रास्वपाको उदयमा अमेरिकी लगानी रहेको भनेर त्यहीँको सञ्चारमाध्यम ‘द ग्रे जोन’ले सार्वजनिक गरेको खोजमूलक समाचारबारे बुधबार सिंहदरबारमा पत्रकारहरूले प्रश्न गर्दा वाग्ले पन्छिएर हिँडेका हुन्।

अर्थमन्त्रालय परिसरबाट बाहिरिने क्रममा उनलाई पत्रकारले घेरेका थिए । तर तीनदेखि चार पत्रकारले पटक पटक प्रश्न दोहोर्‍याउँदा पनि वाग्लेले एक वाक्य निकालेनन्।

‘ग्रे जोनको रिपोर्टबारे बोलिदिनु न, प्रधानमन्त्री र सांसदहरूकै नाम जोडिएर आएको छ। प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेको छ’, एकजना पत्रकारले यसरी सोध्छन् । तर उनको यो प्रश्न पूरै सुनेर पनि वाग्लेले एक शब्द उत्तर दिएनन्।

त्यसपछि अर्का पत्रकारले उनलाई सोधे, ‘यो रिपोर्टबारे तपाईं के पाउनु हुन्छ ? वास्ताविकता हो कि शतप्रतिशत झूटो हो ?’, अर्का पत्रकारले यति प्रश्न सोध्दा पनि उनले न त हो भने न त होइन नै भने, चुपचाप अघि बढिरहे ।

त्यसपछि तेस्रो पत्रकारले उनलाई सोधे, ‘थोरै बोलिदिनु न यसबारे’, तर वाग्ले अघि बढेर सरकारी गाडी चढ्न पुग्छन् । उनले गाडी चढिसक्दा पनि पत्रकारले प्रश्न गर्न छोड्दैनन् । तर उनी ग्रे जोनको रिपोर्टबाट निरुत्तर भएर बाटो लागे।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  २ : १५ बजे

दसैँका लागि दुई दिनमा उपत्यकाबाट बाहिरिए १ लाख ९ हजार यात्रु

काठमाडौं– दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच