प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


३१ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा तथा न्यायाधीशहरू कुमार रेग्मी, डा नहकुल सुवेदी, विनोद शर्मा र शारङ्गा सुवेदीको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो ।

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कमला देवी पन्त समेतले प्रतिनिधिसभा नियमावली, २०८३ का केही व्यवस्था संविधान विपरीत रहेको दाबी गर्दै रिट दायर गरेका थिए । सर्वोच्चको आदेशमा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १४० को उपनियम ९११० र नियम २५९ कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनिएको छ ।

नियमावलीको १४० को उपनियम ११ मा ‘प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको संविधान संशोधन विधेयकमा दुवै सदनको तत्काल कायम सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमत पुगेमा सभामुखले प्रमाणीकरण गरी राष्ट्रपति कहाँ पठाउने विशेष व्यवस्था’ छ ।

यस्तै, नियम २५९ मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि सभा, समिति र सदस्यको हकमा यो नियमावली सङ्घीय कानुन सरह विशेष कानुनका रूपमा लागू हुने व्यवस्था’ छ ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, टीकाराम भट्टराई, सीताराम केसी, युवराज भण्डारी, यदुनाथ खनाल तथा अधिवक्ताहरू सेमन्त दाहाल, प्रमोद खनाल र रोशन नेपालले बहस गरेका थिए ।

संवैधानिक इजलासले निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो भन्दै सङ्घीय संसद् सचिवालय सहितका विपक्षीलाई सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

साथै, मुद्दालाई प्राथमिकता ९अग्राधिकार० दिएर पेस गर्नसमेत इजलासले निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  १० : ५६ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित