आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६ अक्टोबर १६ तारिख। असोज शुक्ल पक्षको षष्ठी तिथि । विश्व खाद्य दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष :दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ लिने दिन छ। परीक्षामा सहभागी भए नतिजा सकारात्मक मिल्नेछ। राजनीति र सामाजिक क्षेत्रका सेवाका अवसर प्राप्त हुनेछन्। आफूले गरेको कामबाट मन प्रशन्न हुनेछ।

वृष :दिन सामान्य छ । आज नयाँ काममा  हात नहाल्नु  उपयुक्त हुन्छ। पारिवारिक सम्बन्ध सुमधुर रहला। शिक्षा, स्वास्थ्यमा गरेको कार्यबाट लाभ मिल्नेछ। मन प्रशन्न रहनेछ। आम्दानी बढ्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

मिथुन :दिन धेरै राम्रो छ। विदेशमा गरेको लगानीबाट हौसला मिल्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको साथमा रमाइलो गर्ने योग छ। स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ।

कर्कट :दिन सामान्य राम्रो छ । बोली र व्यवहारमा एकरुपमा हुनुपर्ने दिन छ। यात्रा सफल बन्नेछ । शिक्षामा प्रगति हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुने योग छ ।

सिंह :दिन राम्रो छ। सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मन खुसी हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। काम सावधानी अपनाउनुपर्नेछ। आफ्नो निर्णय आफै गरेर अघि बढ्दा फाइदा हुनेछ।  

कन्या :दिन सामान्य राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध र राजनीतिक क्षेत्रमा भने केही राम्रा संकेत देखिनेछन्।  

तुला :दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। आज डुब्न लागेको लगानी उठ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्दा राम्रो हुनेछ।

वृश्चिक :दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। प्रशंसा गर्ने बढ्नेछन्। व्यापार व्यवसाय नगर्नु राम्रो हुनेछ। आज परिवारको साथ सहयोग मिल्नेछ।  

धनु :दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कार्यालयमा तपाईंको बढुवा हुने योग छ। परिवारको सल्लाह लिएर अघि बढेमा फाइदा होला ।

मकर :दिन सामान्य छ। शत्रु बढ्नेछन्। काममा अवरोध हुनेछ। संकटको समयमा दाम्पत्य जीवन सफल रहनेछ। स्वास्थ्य र शिक्षामा सास्ती खेप्नुपर्नेछ। एकल निर्णय नगर्नु उचित हुनेछ।  

कुम्भ :दिन राम्रो छ। आम्दानी  हुनेछ । स्वास्थ्यमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा सोचेको  काम बन्नेछ । शिक्षामा थप मिहिनेत गरेमा राम्रो उपलब्धि हात लाग्नेछ ।

मीन :दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। नयाँ अवसर प्राप्त हुनेछन्। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ५ : ४२ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा