काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार पूजा आराधना तथा दर्शन गर्न आउने भक्तजनको चहलपहल देखिएको छ ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको दक्षिणकाली मन्दिरमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट भक्तजन दर्शनका लागि आउने गर्छन् । विशेषगरी धार्मिक पर्व, चाडपर्व तथा बिदाका दिनमा मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।
दक्षिणकाली मन्दिर हिन्दू धर्मावलम्बीहरूको एक प्रसिद्ध शक्तिपीठका रूपमा परिचित छ । यहाँ देवी दक्षिणकालीको पूजा आराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वासका छ।




तस्बिरहरू : रासस

















प्रतिक्रिया