चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट « Khabarhub

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सस्तो दरका साना इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज सञ्चालनमा ल्याएको हो । टेलिकमका अनुसार उक्त प्याकेजको वार्षिक शुल्क चार हजार ९९९ रुपैयाँ तोकिएको छ ।

टेलिकमले ‘फाइबर टु द होम’ (एफटीटीएच) अन्तर्गत एनटी फाइबरका ग्राहकका लागि वाइफाई ६ प्रविधिमा आधारित नयाँ प्याकेज उपलब्ध गराउन लागेको हो ।

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार वार्षिक इन्टरनेट तथा टेलिफोन प्याकेजअन्तर्गत १०० एमबीपीएस गतिको सेवाका लागि ११ हजार ४९९ रुपैयाँ र १५० एमबीपीएसका लागि १२ हजार ९९९ रुपैयाँ शुल्क लाग्नेछ ।

त्यसैगरी, २०० एमबीपीएस गतिको इन्टरनेट सेवा वार्षिक १६ हजार ४९९ रुपैयाँमा उपलब्ध गराइनेछ ।

टेलिकमले वार्षिक प्याकेज लिने ग्राहकलाई दैनिक ८०० देखि एक हजार एमबीसम्म मोबाइल डेटा निःशुल्क उपलब्ध गराउने जनाएको छ । नयाँ प्याकेज जडान गर्ने ग्राहकबाट ५०० रुपैयाँ जडान शुल्कसमेत नलिइने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार यी सबै नयाँ प्याकेज आजदेखि लागू हुनेछन् ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ८ : ०४ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई