बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा « Khabarhub

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ७० वटा सवारीसाधन कारबाहीमा परेका छन्।

जिल्लाका विभिन्न नदी तथा खोलाबाट अवैध रूपमा उत्खनन गरिएका ढुङ्गा, गिट्टी र बालुवा ओसारपसारमा प्रयोग भएका टिपर, ट्र्याक्टर, स्काभेटर, डोजर र जेसीबी कारबाहीमा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण अर्यालका अनुसार बागलुङ नगरपालिकाअन्तर्गत कालीगण्डकी नदी, गलकोट नगरपालिकाअन्तर्गत दरमखोला, बडिगाड गाउँपालिकाअन्तर्गत बडिगाड खोला तथा ढोरपाटन नगरपालिकाका विभिन्न खोलामा अवैध दोहन गर्ने सवारीसाधनलाई कारबाही गरिएको हो।

प्रहरीले नियन्त्रणमा लिएर स्थानीय तहमा पठाएका सवारीसाधनलाई सम्बन्धित पालिकाले जरिवाना तथा राजस्व लिएर छाड्ने गरेका छन्। अवैध उत्खननबाट भएको क्षतिको आकलन गरी स्थानीय तहले तोकेको न्यूनतमदेखि अधिकतम जरिवाना असुल्ने गरिएको छ।

आर्थिक वर्ष २०८०/८१ मा बागलुङ नगरपालिकामा सबैभन्दा बढी २१ वटा सवारीसाधन कारबाहीमा परेका थिए। सोही अवधिमा ढोरपाटन नगरपालिकामा १४ र बडिगाड गाउँपालिकामा चारवटा सवारीसाधन कारबाहीमा परेका थिए।

तीन स्थानीय तहले कारबाहीमा परेका सवारीसाधनबाट उक्त आर्थिक वर्षमा एक लाख ५७ हजार २८० रुपैयाँ राजस्व संकलन गरेका थिए।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  १० : ०८ बजे

धान खरिदमा ढिलाइ हुँदा किसान समस्यामा

कञ्चनपुर – कञ्चनपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन

फोहर बिक्रीबाट आम्दानी गर्दै भद्रपुर अस्पताल

झापा – अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला

पाकिस्तानविरुद्ध नेपाल ७२ रनमा अलआउट, राइजिङ स्टार्स एसियाबाट बाहिरियो

काठमाडौं – नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह

बाल–नाटक महोत्सवका लागि आलेख आह्वान

काठमाडौं – शैली थिएटरले १८औँ राष्ट्रिय बाल–नाटक महोत्सवका लागि नाटकको