आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले « Khabarhub

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड दिइने अमेरिकी सेनाका पूर्व सैनिक निदाल हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजना रद्द गरेका छन्।

रक्षामन्त्री पीट हेगसेथले अघि सारेका उक्त योजनाको स्वदेश तथा विदेशमा व्यापक आलोचना भएपछि ट्रम्पले त्यसलाई रद्द गरेका हुन् ।

हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजनाको अमेरिकी डेमोक्रेटिक तथा रिपब्लिकन राजनीतिज्ञ, क्याथोलिक चर्च, मानवअधिकारवादी समूह र संयुक्त राष्ट्रसङ्घले विरोध गरेका थिए।

ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा हसनलाई निर्धारित समयमै गोली हानेर मृत्युदण्ड दिइने भए पनि त्यसको प्रत्यक्ष प्रसारण नगरिने बताएका छन् ।

यद्यपि, उहाँले प्रत्यक्ष प्रसारणको योजनाप्रति व्यक्तिगत रूपमा असहमति नरहेको सङ्केत गरेका छन् । ट्रम्पले यसबाट विश्वले अमेरिकाले आतङ्कवादी र हसनजस्ता व्यक्तिसँग कसरी व्यवहार गर्छ भन्ने देख्न सक्ने बताएका थिए ।

तर, उनका अनुसार धेरै राम्रा र असल नियत भएका मानिसहरू हसनको मृत्युदण्ड हेर्न चाहँदैनन्। ट्रम्पले पीडितका नजिकका परिवारका सदस्यले चाहेमा प्रत्यक्ष रूपमा मृत्युदण्ड हेर्न सक्ने पनि बताएका छन् ।

सन् २००९ मा टेक्सासस्थित फोर्ट हुड सैन्य आधारमा १३ जनाको हत्या गरेका हसनलाई डिसेम्बर ३ मा मृत्युदण्ड दिने तालिका छ। उनलाई गोली हानेर मृत्युदण्ड दिइएमा सन् १९४५ पछि अमेरिकी सेनाको ‘फायरिङ स्क्वाड’ मार्फत मृत्युदण्ड दिइएको यो पहिलो घटना हुनेछ।

रक्षामन्त्री हेगसेथले गत साता मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजना रहेको पुष्टि गर्दै सर्वसाधारणले पनि उक्त घटना हेर्न सक्ने व्यवस्था गरिने बताएका थिए ।

योजनाको खारेजीलाई हेगसेथका लागि ठूलो झट्काका रूपमा हेरिएको छ। इरान युद्धमा उत्पन्न गतिरोध र त्यसका प्रभावका कारण उनी यसअघि नै आलोचनामा छन्। यसले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको सम्भावनामा समेत असर पार्न सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ११ : ४३ बजे

प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने : मुख्यमन्त्री पाण्डे

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि