धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य, सामाजिक उत्तरदायित्व र जिल्लाको विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन शनिबार धादिङबेँसीमा आयोजना हुने भएको छ ।
समाजको चौथो महाधिवेशन यही असोज ३१ गते शनिबार बिहान १० बजेदेखि धादिङबेँसीस्थित शीतल बजारको क्रिक रिसोर्टमा आयोजना हुने कार्यक्रम तय गरिएको छ ।
प्रवासमा रहेका धादिङवासीको साझा संस्थाका रूपमा क्रियाशील अन्तर्राष्ट्रिय धादिङ समाजले विश्वभर छरिएर रहेका जिल्लावासीबीच सम्बन्ध विस्तार, आपसी सहयोग र जन्मभूमिप्रतिको उत्तरदायित्वलाई प्रवर्द्धन गर्दै आएको छ ।
महाधिवेशनले संस्थाको आगामी कार्यदिशा, संगठनात्मक सुदृढीकरण तथा प्रवासी धादिङवासीको सहभागितालाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया