काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद नेपाली कांग्रेसले आफ्ना प्रमुख वैचारिक र राजनीतिक अडान कायमै राखेकोमा सन्तोष व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पश्चात सो पार्टीको भावी राजनीतिक दिशाबारे वरिष्ठ सञ्चारकर्मी तथा कांग्रेस नेता सुरेश आचार्यसँग भएको विमर्शका क्रममा डा. भट्टराईले उक्त धारणा व्यक्त गरेका हुन् ।
विमर्शका क्रममा कांग्रेसले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशिता र लोकतान्त्रिक समाजवादप्रति आफ्नो वैचारिक तथा राजनीतिक अडान कायमै राखेको सुन्न पाउँदा सन्तोषको अनुभूति भएको डा. भट्टराईले बताएका छन् ।
संविधानसभाबाट निर्मित ‘नेपालको संविधान’ मा अन्तरनिहित मूल मान्यताहरूमा प्रतिबद्ध रहेर अन्य विषयहरूमा सबै राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्यसहित अघि बढ्नु नै देश र सबै दलका लागि हितकारी हुने विश्वास उनले व्यक्त गरेका छन् ।














प्रतिक्रिया