स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल     « Khabarhub

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल    


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय तहलाई व्यवस्थित, समृद्ध र नागरिकमैत्री बनाउन राजनीतिक दलहरूले योग्य, सक्षम र विकासप्रति प्रतिबद्ध उम्मेदवार छनोट गर्नुपर्ने बताएका छन् ।

रास्वपा महालक्ष्मी नगरपालिका वडा नं. ९ समितिद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै खरेलले स्थानीय तहको विकासका लागि नेतृत्व चयनमा व्यक्तिको योग्यता, क्षमता, इमानदारी र काम गर्ने प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

उनले वडा तथा पालिकाको विकास कुनै एक राजनीतिक दलको मात्रै जिम्मेवारी नभई सबै दल, जनप्रतिनिधि र नागरिकको साझा दायित्व भएको उल्लेख गरे । 

सबै राजनीतिक दलबाट सक्षम र विकासप्रेमी उम्मेदवार अघि सार्न सकिए स्थानीय तहको विकासलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो ।

स्थानीय सरकार नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने भएकाले नेतृत्व चयन गर्दा राजनीतिक आस्थाभन्दा पनि जनताको आवश्यकता, स्थानीय समस्याको समाधान र विकासका योजना कार्यान्वयन गर्ने क्षमतालाई महत्त्व दिनुपर्ने खरेलले बताए । 

राजनीतिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिँदै जनताको हित र स्थानीय विकासका मुद्दालाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा खरेलले नेता, कार्यकर्ता, शुभेच्छुक तथा मतदातालाई चाडपर्व सभ्य, भव्य र हर्षोल्लासका साथ मनाउन आग्रहसमेत गरे । परिवार, आफन्त र इष्टमित्रसँग मिलेर आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई बलियो बनाउँदै चाडपर्व मनाउन उनले अनुरोध गरे ।

राजनीतिक विचार र आस्था फरक भए पनि सामाजिक सम्बन्ध, आपसी सम्मान र सद्भाव कायम राख्नुपर्ने उल्लेख गर्दै उनले चाडपर्वले समाजमा एकता, सहकार्य र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

महालक्ष्मी नगरपालिका वडा नं. ९ समितिले आयोजना गरेको कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीबीच चाडपर्वको शुभकामना आदान–प्रदान गर्नुका साथै स्थानीय विकास र सामाजिक सद्भावका विषयमा छलफल गरिएको थियो । 

आयोजक समितिका अनुसार कार्यक्रमले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबीच भेटघाट, संवाद र आपसी सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ५ : ०७ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट