सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने « Khabarhub

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मत-सम्भार कार्य सञ्चालन गर्न विभिन्न १५ विधाका ४२ जना प्राविधिक विज्ञका लागि आवेदन आह्वान गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले असोज २९ गते सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रका विशेषज्ञलाई आकर्षित गर्न आकर्षक पारिश्रमिकको व्यवस्था गरिएको छ। प्रमुख प्रविधि विज्ञ पदका लागि सबैभन्दा बढी मासिक २ लाख ५० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ।

यस्तै प्रोजेक्ट म्यानेजर, सेक्टर प्रमुख (सफ्टवेयर इन्जिनियरिङ, क्वान्टिटी एनालिसिस, इन्फ्रास्ट्रक्चर लगायत) का लागि मासिक २ लाख रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ।

सूचना अनुसार योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको २१ दिनभित्र अर्थात् २०८३ कात्तिक १८ गतेसम्म केन्द्रको आधिकारिक वेबसाइट (www.sdoc.gov.np) मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ५ : ४२ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट